
इम्फाल, 11 जून, (हि.स.)। भर्खरैका घटनाक्रमहरूलाई मध्यनजर गर्दै सुरक्षा एजेन्सीहरूलाई गुप्त सूचना प्राप्त भएको थियो कि केही सशस्त्र व्यक्तिहरूले हिमाली क्षेत्रमा अवस्थित विभिन्न गाउँहरूमा हमला गर्ने योजना बनाइरहेका छन्। सूचनाको आधारमा सुरक्षा बलहरूले होरेई काफुङ्ग हिल्स (लोअर लिशान रिज) क्षेत्रमा संयुक्त खोजी एवं कम्बिङ्ग अभियान सञ्चालन गरे।
मणिपुर पुलिस मुख्यालयद्वारा आज दिइएको जानकारी अनुसार अभियानको क्रममा लगभग एक दर्जन सशस्त्र मानिसहरूलाई चुचुरोमा देखियो। सुरक्षा बलहरूलाई देख्नसाथ तिनीहरू घटनास्थलबाट भागे, तथापि आठ जना यी सशस्त्र मानिसहरूलाई हिरासतमा लिएर उनीहरूको हतियार जफत गरियो। जाँचबुझपछि उनीहरूलाई कड़ा चेतानी दिएर छोड़ियो। सुरक्षा बलहरूले ती मानिसहरूलाई भविष्यमा पनि कुनै पनि प्रकारको हतियार बोकेर पहाड़ी क्षेत्रमा नजाने अनि कुनै पनि प्रकारको प्रतिबन्धित गतिविधिदेकि टाड़ा बस्ने सल्लाह दिए।
अभियान अवधि पहाड़ी क्षेत्रमा निर्मित अवैध बङ्करहरूबाट प्रचुर मात्रामा हतियार, गोला-बारूद तथा युद्ध जस्ता सामग्रीहरू पनि जफत गरियो।
सुरक्षा बलहरूले भनेका छन्, प्रभावित क्षेत्र अनि गाउँहरूको सुरक्षा सुनिश्चित गर्नको साथै शान्ति कायम राख्नको लागि यस्तो अभियान लगातार जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा