गोजमुमो अध्यक्ष विमल गुरुङसित भेटघाट कार्यक्रम
गोजमुमो अध्यक्ष विमल गुरुङसित भेटघाट कार्यक्रम


खरसाङ, 11 जून (हि.स.)। मङ्पू लाब्दा समष्टि युवा मोर्चाको टोलीले गोजमुमो पार्टी अध्यक्ष बिमल गुरुङसित भेट गरेको छ। उक्त भेट दार्जिलिङको सिंहमारीस्थित पार्टी कार्यालयमा गरियो।

टोलीलाई समष्टि युवा मोर्चाका सभापति चन्दन खवास अनि सचिव सागर गुरुङले प्रतिनिधित्व गरेका थिए। टोलीमा समष्टिका उप-सभापति विकाश राउत, सह-सचिव अविनाश खवास, प्रवक्ता अर्पण गुरुङ, लेखा परिक्षक बिचित्र छेत्री र केन्द्रिय सदस्य शैलेन्द्र गुरुङ पनि उपस्थिति थिए।

मङपू युवा मोर्चा टोलीले भेटको क्रममा हालसम्म पूर्णरुपमा गठन भएका शाखाहरुको अध्यक्षसित परिचय आदान प्रदान गरायो। यस अवसरमा शाखाहरूले आ-आफ्नो समस्याहरु अध्यक्ष समक्ष राखे।

भेटघाट अवधि समष्टिको तर्फबाट बिमल इज् ब्याक लेखिएको केक अध्यक्षकै बाहुलीबाट काटिएको थियो। साथै, चन्दन खवासको बाहुलीबाट नेपाली टोपी लगाइदिएर आगामी दिनहरूका लागि शुभकामना व्यक्त गरियो।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande