दिल्लीका उपराज्यपालले वर्षाको जल सञ्चयन गर्ने तयारीको समीक्षा गरे
दिल्लीका उपराज्यपालले वर्षाको जल सञ्चयन गर्ने तयारीको समीक्षा गरे


नयाँ दिल्ली, 11 जून (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धूले बिहीवार राजधानीमा वर्षाको जल सञ्चयन गर्ने तयारीहरूको समीक्षा गर्नको लागि बैठक गरे। यस बैठकमा दिल्ली विकास प्राधिकरण (डीडीए), दिल्ली नगरनिगम (एमसीडी) औ नयाँ दिल्ली नगरपालिका परिषद (एनडीएमसी)- का वरिष्ठ अधिकारीहरू उपस्थित थिए। सो जानकारी सोशल मीडिय अकाउन्ट ‘एलजी दिल्ली’-मा साझा गरिएको छ।

उपराज्यपालले वर्षाको जल सञ्चयन गर्ने तयारीहरूको समीक्षा गर्दै मरम्मत कार्यलाई तीव्रता दिने तथा मनसुन लाग्नअघि नै सबै वर्षा जल सञ्चयन तन्त्रलाई पूर्ण रूपले चालू गर्ने निर्देश दिएका छन्। यस अतिरिक्त अधिकारीहरूलाई यो पनि निर्देश दिए, उनीहरूले भविष्यको योजना, ग्राउण्डवाटर रिचार्ज औ लामो समयसम्म पानी बचाउने प्रयास गर्नको लागि एक मजबुत आधार तयार गर्ने उद्देश्यले दिल्लीमा रहेका सबै वर्षा जल सञ्चयन ढाँचाको व्यापक मूल्याङ्कन गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande