
-नयाँ विधायकहरूलाई दिइनेछ विशेष प्रशिक्षण
कोलकाता, 11 जून (हि.स.)। पश्चिम बङ्गाल विधानसभाको कामकाज आागामी दिनमा पूर्ण रूपले डिजीटल तथा पेपरलेस हुन गइरहेको छ। विधानसभा अध्यक्ष रथीन्द्रनाथ बोसले बिहीवार बताए, केन्द्र सरकारको ‘राष्ट्रिय ई-विधान एप्लिकेशन’ (नेवा) परियोजना अनुरूप राज्य विधानसभामा पनि डिजीटल व्यवस्था लागू गरिनेछ। यसको साथै नयाँ विधायकहरूको लागि विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ जसमा लोकसभा अध्यक्ष ओम बिरला समेत अन्य राज्यहरूका विधानसभा अध्यक्षले पनि भाग लिनेछन्।
अध्यक्ष रथीन्द्रनाथ बोसले भने, वर्तमान विधानसभामा लगभग 200 जना नयाँ विधायकहरू छन्।उनीहरूलाई संसदीय प्रक्रिया एवं डिजीटल प्रणाली बारे जानकारी गराउनको लागि बजट सत्रपछि प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ। यस प्रशिक्षणमा लोकसभा अध्यक्ष ओम बिरला अतिरिक्त उत्तर प्रदेश र राजस्थान विधानसभाका अध्यक्षहरू पनि उपस्थित रहनेछन् जसले विधायकहरूलाई मार्गदर्शन गर्नेछन्।
उनले बताए, विधानसभामा ई-विधान व्यवस्था लागू भएपछि सदनको अधिकांश प्रक्रिया डिजीटल माद्यमबाट सञ्चालित हुनेछ। यसबाट विधानसभाको कामकाजलाई पूर्ण रूपले पेपरलेस बनाउने दिशामा महत्वपूर्ण कदम उठाइनेछ। डिजीटल व्यवस्था लागू भएपछि आम नागरिकहरूलाई पनि विधानसभाका गतिविधिहरू, दस्तावेज औ सूचनाहरूससम्म अधिक सहज पहुँच प्राप्त हुनेछ। अध्यक्ष अनुसार यस पहलको मुख्य उद्देश्य पारदर्शिता बढ़ाउनु र लोकतान्त्रिक प्रक्रियाहरूलाई अधिक जवाफदेही बनाउनु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा