
मेदिनीपुर, 11 जून (हि.स.)। पूर्व मन्त्री तथा चार पटकसम्म विधायक भएका सौमेन महापात्रले तृणमूल कङ्ग्रेसप्रति असन्तुष्टि व्यक्त गर्दै भारतीय जनता पार्टी (भाजपा)-मा सामेल हुने इच्छा व्यक्त गरेका छन्।
गए बुधवार अबेर साँझ सौमेन महापात्रले भने, विधानसभा चुनाउपछिदेखि उनी पार्टीको कार्यप्रणालीदेखि असन्तुष्ट भएका छन्। उनको आरोप छ, तृणमूल कङ्ग्रेस अब कर्पोरेट संस्कृति अनुसार चलिरहेको छ। उनले दाबी गरे, मन्त्री हुँदा पनि मुख्यमन्त्री तथा पार्टी नेतृत्वसम्म आफ्नो कुरा पुऱ्याउनु सहज थिएन।
उनले भने, शुभेन्दु अधिकारविरूद्ध अपमानजनक टिप्पणी गर्नदेखि अस्वीकार गरेपछि पछिल्लो तीन वर्षदेखिको उनलाई पार्टीमा उपेक्षित गरियो। पहिला उनलाई मन्त्री पदबाट हटाइयो भने पछि जिल्लाध्यक्ष पद पनि खोसियो।
शुभेन्दु अधिकारीको प्रशंसा गर्दै महापात्रले भने, पूर्व मुख्यमन्त्री अजय मुखर्जीपछि मेदिनीपुरमा सबैभन्दा ठूलो राजनीतिक परिवर्तन शुभेन्दु अधिकारीले नै गरेका छन्। उनी अनुसार परिस्थितिले गर्दा शुभेन्दुलाई तृणमूल छोड्नु परेको थियों।
सौमेन महापात्रले दाबी गरे, तृणमूल कङ्ग्रेस फुट्ने स्थितिमा पुगेको छ। उनले भने, यदि शुभेन्दु अधिकारी तथा शमिक भट्टाचार्यले चाहे उनी भाजपामा एकजना सामान्य कार्यकर्ताको रूपमा सामेल भएर सेवा गर्नका लागि तयार छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा