
कोलकाता, 11 जून (हि.स.)। पश्चिम बङ्गालको दक्षिण 24 परगना जिल्ला अन्तर्गत डायमण्ड हार्बर क्षेत्रमा जमीन मुनि गाड़ेर राखिएको भारी मात्रामा औषधिहरू भेटिएको घटनापछि कोकोहोलो मचिएको छ। हिन्चाबेरिया गाउँमा भएको खनन कार्य अवधि प्रचुर मात्रामा औषधिहरू पनि भेटिएपछि स्वास्थ्य विभाग, ड्रग कन्ट्रोल प्रशासन तथा पुलिसले मामिलाको जाँच शुरू गरेको छ।
जानकारी अनुसार स्थानीय स्तरमा प्राप्त सूचनाको आधारमा पुलिस अनि ब्लक प्रशासनको उपस्थितिमा एक निर्धारित स्थानमा खनन शुरू गरियो। प्रारम्भिक खननमा जमीन मुनिबाट भारी मात्रामा औषधिहरू भेटियो। त्यसपछि झन् गहिराईसम्म खोजतलास गर्नको लागि अर्थ रिमुभर मशीनलाई घटनास्थलमा मगाइयो जसको सहयोगले अतिरिक्त औषधिहरू पनि निकालियो।
घटना बारे जानकारी पाउनसाथ ड्रग कन्ट्रोल विभागका प्रतिनिधि अनि स्वास्थ्य विभागका अधिकारीहरू घटनास्थलमा पुगे। औषधिहरूको प्रकृति, त्यसको वैधता र त्यसलाई जमीनमा गाड़्नुको कारण पत्तो लगाउन जाँच गरिँदैछ। पारुलिया कोस्टल थाना पुलिसले पनि मामिलाको जाँच शुरू गरेको छ।
स्थानीय भारतीय जनता पार्टी (भाजपा) नेताहरूको आरोप छ, जफत गरिेका औषधिहरूहरूको एक्सपायरी डेट सकिएको छैन। उनीहरूको दाबी छ, करोड़ौं रुपियाँका औषधिहरू आवश्यकतामा रहेका मानिसहरूसम्म पुऱ्याउनको सट्टा जमीन मुनि गाड़िएको छ। भाजपा नेताहरूले यस सम्पूर्ण मामिलाको निष्पक्ष जाँच गर्ने माग गरेका छन्।
पुलिस र स्वास्थ्य विभागका अधिकारीहरूले यो पत्तो लगाउने प्रयास गरिरहेका छन् कि यी औषधिहरू कहाँबाट ल्याइएको हो, यसलाई किन जमीनमा गाड़िएको हो र यसको पछाड़ि कसको भूमिका हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा