गुवाहाटीमा महिलाको संदिग्ध परिस्थितिमा मृत्यु, प्रेमी पुलिसको कब्जामा
गुवाहाटीमा महिलाको संदिग्ध परिस्थितिमा मृत्यु, प्रेमी पुलिसको कब्जामा


गुवाहाटी, 11 जून (हि.स.)। गुवाहाटीको हाथी गाउं क्षेत्रस्थित एउटा भाड़ाको घरमा 28 वर्षीय महिलालाई संदिग्ध परिस्थितिमा मृत्त पाइयो। पुलिसले आज बतायो, घटनापछि पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ भने जाँचको क्रममा महिलाको प्रेमीलाई पक्राउ गरिएको छ।

मृतकाको पहिचान सुष्मिता बसुमतारीको रूपमा भएको छ। प्रारम्भिक जानकारी अनुसार सु्ष्मिता गत मङ्गलवार अबेर रातीसम्म आफ्नो भाड़ाको कोठामा प्रेमी आकाश प्रसादसित थिई।

बुधवार महिलाको शव भेटिएको घटनापछि सम्पूर्ण क्षेत्रमा सन्त्राष व्याप्त भयो। परिवारले यस घटनालाई संदिग्ध बताउँदै हत्या गरेको आशङ्का व्यक्त गरेको छ। साथै मामिलाको निष्पक्ष जाँच गर्ने माग पनि गरेको छ।

घटनापछि हाथी गाउँ थानामा मामिला दर्ता गरिएको छ। पुलिसले प्रारम्भिक जाँचको आधारमा आकाश प्रसादलाई पक्राउ गरेर उसित जाँचबुझ गरिरहेको छ।

पुलिस अधिकारीहरू अनुसार महिलाको मृत्युको वास्तविक कारण पोस्टमर्टम रिपोर्ट तथा फोरेन्सिक जाँचपछि नै पत्तो लाग्नेछ। मामिलामा विस्तृत जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande