
इटानगर, 11 जून (हि.स.)। अरुणाचल प्रदेशको दिबाङ्ग भ्याली जिल्ला उपायुक्त बाकिर न्योराकको अध्यक्षतामा अनिनीको सर्किट हाउसको कन्फ्रेन्स हलमा आज शिक्षा विभागको एक समन्वय बैठक सम्पन्न भयो। यस बैठकमा शिक्षा विभागका अधिकारी, संस्थानहरूका प्रमुख, शिक्षक, शिक्षासित सम्बन्धित कर्मचारी तथा अन्य सम्बन्धित मानिसहरू सामेल भए।
समन्वय बैठकमा जिल्लामा शिक्षा क्षेत्रको समग्र विकासको लागि मिलेर काम गर्ने महत्वमाथि बल दिए।
शिक्षा विभागका अधिकारी दिगंत मिहूले शिक्षा विभागका मुख्य उपलब्धिहरू तथा चुनौतीहरूको बारेमा बताए। उनले शैक्षणिक प्रदर्शन, शैक्षिक कार्यक्रमहरूलाई लागू गर्ने, बुनियादी ढाँचाको विकास तथा शिक्षाको गुणस्तरमा सुधारको लागि गरिएका विभिन्न पहलहरूमा भएको प्रगतिमाथि प्रकाश पारे। उनले स्कूल तथा शैक्षणिक संस्थानहरूमाथि आइलाग्ने समस्या अनि चुनौतीहरूमाथि पनि चर्चा गर्दै त्यसलाई प्रभावकारी ढङ्गमा हल गर्नको लागि सबै सम्बन्धित मानिसहरूसित सहयोग मागे।
आफ्नो सम्बोधनमा उपायुक्तले पुरस्कार पाउनेहरूलाई बधाई दिँदै सबै शैक्षणिक संस्थानहरूलाई उत्कृष्टताको लागि प्रयास जारी राख्नका लागि प्रोत्साहित गरे। उनले उच्च शैक्षणिक मानदण्डलाी कायम राक्न, विद्यार्थीहरूको प्रदर्शनको नियमित निगरानी सुनिश्चित गर्ने, शिक्षक-विद्यार्थीको सम्बन्धलाई मजबुत बनाउन र जिल्लाका सबै स्कूलहरूमा सिक्नका लागि अनुकूल वातावरण बनाउने आवश्यकतामाथि बल दिेए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा