
दार्जिलिङ, 11 जून (हि.स.)। गोर्खाल्याण्ड एक्टिभिस्ट समूहका संयोजक किशोर प्रधानले मणिपुरमा भइरहेको हिंसाका कारण त्यहाँ बसोबास गर्ने गोर्खाहरूले पनि शान्ति र स्वतन्त्रता गुमाउनु परिरहेको बताउॅंदै यसलाई चिन्ताको विषय बताएका छन्।
उनले मणिपूरमा शान्ति फर्काउन सरकारले शिघ्र आवश्यक कदमहरू उठाउनु पर्ने माग पनि गरेका छन्। देश स्वाधिन हुन अघि देखि नै गोर्खाहरुले देशको निम्ति दिएको योगदान र बलिदानलाई अनदेखा गरेर आज गोर्खा जातिलाई नै विभिन्न उपनामहरु दिने तथा अपमानित गर्ने गरेको घटनालाई पनि गम्भिरतापूर्वक लिँदै उनले देशको प्रत्येक राज्य व प्रत्येक भागमा बसोबास गर्ने गोर्खाहरु परिश्रम गरेर बाँचेको बताएका छन्।
यस्ता परिश्रमी र देशको इतिहास सँग जोड़िएको जातिलाई विभिन्न उपनामहरु दिएर अपमानित गर्नु दुर्भाग्यपूर्ण रहेको उनले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक