
दार्जिलिङ, 11 जून (हि.स.)। पहाड़ अनि फुटबलमाझको सम्बन्ध सदैवदेखि विशेष रहिआएको छ। जति-जति विश्वकप फुटबल नजिकिँद गइरहेको छ, उति-उति दार्जीलिङ लगायत सम्पूर्ण पहाड़ी क्षेत्रमा फुटबलप्रतिको पागलपन चरममा पुगेको देखिँदैछ। यहाँका मानिसहरूको लागि विश्व कप कुनै पर्वभन्दा कम होइन। यसै उत्साहबीच बिहीवार बिहान दार्जिलिङको ऐतिहासिक मलको चौक (चौरास्ता) मा एक विशेष कार्यक्रमको आयोजन गरियो।
यस रङ्गारङ्ग आयोजनमा स्थानीय भाजपा विधायक नोमन राय उपस्थित थिए भने कार्यक्रममा ठूलो सङ्ख्यामा फुटबल प्रेमीहरू पनि सामेल भए। यस अवधि नृत्य, सङ्गीत एवं जोशले भरिएको माहोलले स्पष्ट रूपमा भनिरहेको थियो, विश्वकपलाई स्वागत गर्नका लागि पहाड़का मानिसहरू पूर्ण रूपमा तयार छन्। चौरस्ता क्षेत्र फुटबल प्रेमीहरूको भीड़ अनि उत्साहले भरिएको थियो।
विधायकको उपस्थितिमा आयोजित यस कार्यक्रमले विश्वकपको माहोललाई अझ जीवित बनाइदिएको थियो। अब सम्पूर्ण दार्जीलिङ पहाड़ले यस वैश्विक खेल महाकुम्भलाई आतुर भएर प्रतीक्षा गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा