
सिलगढ़ी, 11 जून (हि.स.)। तृणमूल कङ्ग्रेसमा व्याप्त आन्तरिक कलह तथा ममता ब्यानर्जी कङ्ग्रेसमा सामेल हुने अड़्कलहरूमाथि पश्चिम बङ्गालका पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलीप घोषले कटाक्ष गरेका छन्। बिहीवार बागडोगरा एयरपोर्टमा पत्रकारहरूसितको बातचितमा दिलीप घोषले भने, “ममता ब्यानर्जी कङ्ग्रेसमा सामेल हुनुपर्छ, आखिर उनी कहाँ जाओस्? बारम्बार त्यहीँ फर्किनुपर्छ।” सायनी घोष र यूसुफलाई लिएर लगाइरहेको अनुमानमाथि पनि उनले कटाक्ष गर्दै भने, “पूर्ण स्कोर हुन दिनुहोस्।”
दिलीप घोषले अझ भने, “मैले पहिला पनि भनेको थिएँ-जुन दिन यो पार्टी हार्छ, त्यै दिन यसको अन्त हुन्छ। नेताहरू भागिरहेकाो छन्, जनताले उनीहरूलाई नाकिररहेका छन्।”
पार्टीमा आएको फुटको सन्दर्भमा उनले भने, “तृणमूल एउटा ग्याङ्ग जस्तै थियो, डी कम्पनी जस्तै। स्वार्थी मानिसहरू आएका थिए, हार्नसाथ फर्किए। यस पार्टीको कुनै भविष्य छैन।”
आफ्नो भ्रमणावधि विकासका मुद्दाहरूमा उनको भनाइ थियो, महकुमा परिषदसित आधारभूत ढाँचा छैन। “चुनाउ भइसकेको छ, प्रतिनिधिहरू उपस्थित छन्, उनीहरूसित बैठक गरिनेछ अनि परिषदलाई व्यवस्थित बनाइनेछ। समस्याहरूलाई चिन्हित गरी त्यसको समाधान गरिनेछ।”
जानकारी अनुसार दिलीप घोष आफ्नी पत्नीसित बागडोगरा एयरपोर्टमा आइपुगेपछि त्यहाँबाट सोझै चिलापातातर्फ प्रस्थान भए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा