
गान्तोक, 11 जून (हि.स.)। मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) २०२६ गान्तोक जिल्लाभरि निरन्तर रूपमा चलिरहेको छ। यस अभ्यास अन्तर्गत योग्य मतदाताहरूको व्यापक कभरेज सुनिश्चित गर्न बुथ स्तरीय अधिकारीहरू (बीएलओ) ले घर-घरमा गणना फारामहरू वितरण गरिरहेका छन्।
११ जून, २०२६ को स्थिति प्रतिवेदन अनुसार, जिल्लाभरि जम्मा ९५,८२८ गणना फारामहरू वितरण गरिएका छन्, जुन कुल १,२२,२४० मतदाताहरूको ७८.३९ प्रतिशत हो। यसैगरी, १३,७१६ गणना फारामहरू डिजिटलाइज गरिएका छन् भने मतदाताहरूले पेश गरेका ६११ फारामहरू बीएलओहरूद्वारा प्रमाणीकरणको लागि विचाराधीन रहेको बताइएको छ।
एसआईआर अभ्यास २८ जून, २०२६ सम्म जारी रहनेछ। एसआईआर प्रक्रियाको सहज सञ्चालन सुनिश्चित गर्न मतदाताहरूलाई बीएलओहरूलाई सहयोग गर्न र तोकिएको अवधिभित्र भरिएका फारमहरू बुझाउन प्रोत्साहित गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल