डामरा बीएसयूपी आवास घोटालाः दुई जना हिरासतमा
डामरा बीएसयूपी आवास घोटालाः दुई जना हिरासतमा


पश्चिम बर्दवान, 12 जून (हि.स.)। आसनसोलको डामरा क्षेत्रमा गरीब एवं आर्थिक रूपमा दुर्बल परिवारहरूलाई आवास उपलब्ध गराउने उद्देश्यले शुरू गरिएको बीएसयूपी (बेसिक सर्भिसेज फर अर्बन पुवर) आवास योजनामा कथित अनियमितता, जाली दस्तावेज, धन उपार्जन तथा भ्रष्टाचार जस्ता गम्भीर आरोपहरू लागेका छन्। यस सम्बन्धमा शुक्रवार आसनसोल नगरनिगम अन्तर्गत वार्ड संख्या 87 स्थित डामरा क्षेत्रमा नगरनिगमद्वारा बीएसयूपी क्वाटरमा विशेष खोजी अभियान सञ्चालन गरियो।

स्थानीय मानिसहरू तथा भाजपा नेताहरूको दाबी छ, आवास दिलाउने नाममा 20 हजारदेखि 80 हजार रुपियाँसम्म असुल गरियो। यसबाट सरकारी योजनाको पारदर्शिता तथा पात्र लाभार्थीहरूको अधिकारमाथि गम्भीर प्रश्न उठेको छ।

भाजपा, आसनसोल दक्षिण मण्डलका सचिव अपूर्व रायले आरोप लगाए, आवास आवन्टन प्रक्रियामा व्यापक रूपमा धाँधली गरिएको छ। उनले दाबी गरे, केही आवासहरूलाई पैसामा बेचियो भने कुनै ठाउँमा खाली रहेको फ्ल्याटहरूको उपयोग अवैध गतिविधिहरूको लागि गरिँदैथ्यो।

भाजपा कार्यकर्ताहरूले आवास परिसरमा पुगेर केही महत्वपूर्ण दस्तावेज हात पारेको दाबी गरेका छन्। आरोप छ, नगरनिगमको एउटा रेजोल्यूशन रजिस्टर स्थानीय मानिसहरूको नजरमा परेपछि केही आवन्टन पत्रहरूमा व्हाइटनर लगाएर नाम परिवर्तन गरेको सङ्केत प्राप्त भएको छ।

मामिला त्यसबेला अझ गम्भीर भयो जतिबेला केही मानिसहरूले आरोप लगाए, उनीहरूलाई निगम अधिकारीहरूको हस्ताक्षर तथा मोहर लागेको कथित आवन्टन पत्र दिइएको थियो। प्रारम्भिक जाँचमा यस्ता केही दस्तावेजहरू संदिग्ध पाइएको छ। आरोप छ, जाली हस्ताक्षर र नक्कली मोहरको माध्यमबाट मानिसहरूलाई यो विश्वास दिलाइयो कि उनीहरूलाई विधिवत रूपमा सरकारी आवास आवन्टन गरिएको छ।

यस मामिलामा आसनसोल नगरनिगमका एकजना कर्मचारी प्रमोदको नाम मुख्य रूपमा खुलासा भइरहेको छ। आरोप छ, उनले आफ्नो एजेन्टको माध्यमबाट आवास आवन्टनको एउटा नेटवर्क बनाएका थिए।

पुलिस हिरासतमा लिइएका शेख खालिद र उसकी पत्नीमाथि आरोप छ, उनीहरूले आवासको निम्ति इच्छुक मानिसहरूलई प्रमोदसम्म पुऱ्याउने काम गर्थे, त्यसपछि पैसा लिएर दस्तावेज बनाएपछि आवास दिलाउने आश्वासन दिइन्थ्यो। सिकायत प्राप्त भएपछि आसनसोल दक्षिण थाना पुलिसले कारबाही गर्दै शेख खालिद र उसकी पत्नीलाई हिरासतमा लिएर जाँचबुझ गर्न शुरू गरेको छ। जाँचबुझमा केही महत्वपूर्ण जानकारीहरूको खुलासा भएको छ।

मुख्य आरोपी प्रमोद भागेको खबर छ। पुलिसले उसलाई खोज्नको लागि लगातार सम्भावित ठेगानाहरूमा छापामारी गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande