पञ्चायत मतदाता सूचीबाट पूर्व केन्द्रिय मन्त्री स्मृति इरानीको नाम मेटिनाले व्यापक खैलाबैला
पञ्चायत मतदाता सूचीबाट पूर्व केन्द्रिय मन्त्री स्मृति इरानीको नाम मेटिनाले व्यापक खैलाबैला


अमेठी, 12 जून (हि.स.)। उत्तर प्रदेशको आगामी त्रिस्तरीय पञ्चायत चुनाउको अन्तिम मतदाता सूची जारी भएपछि जिल्लामा गड़बड़ी भएका आरोपहरू उठिरहेका छन्। यसै क्रममा गौरीगञ्ज ब्लकको मेदन मवई ग्राम पञ्चायतमा पूर्व केन्द्रिय मन्त्री स्मृति इरानीको नाम मतदाता सूचीमा सामेल नभएको कारणले विवाद सृजना भएको छ। यसरी नै मरिसकेका धेरै जनामानिसहरूको नाम सूचीमा अङ्कित रहेको तथा शाहगढ़ ब्लकको पनियार ग्राम पञ्चायतमा 870 भन्दा अधिक मतदाताहरूको नाम मेटिएको सिकायतले चुनावी तयारीमाथि प्रश्न उठाइरहेको छ।

मेदन मवई ग्राम पञ्चायतका प्रधान प्रतिनिधि तिर्थराज मिश्रले आरोप लगाए, स्मृति इरानीको नाम पञ्चायत मतदाता सूचीमा सामेल गराउनको लागि सबै आवश्यक दस्तावेज समयमै बीएलओलाई उपलब्ध गराइएको भए पनि उनको नाम अन्तिम सूचीमा अङ्कित छैन। उनले यो पनि दाबी गरे, ग्राम पञ्चायतका केही मृतकहरूको नाम अहिले पनि मतदाता सूचीमा अङ्कित छन् जबकि उनीहरूको नाम मेटाउनको लागि पहिलाबाटै आवश्यक दस्तावेजहरू प्रशासनलाई सुम्पिसकिएको छ। यसरी नै पनियार ग्राम पञ्चायतमा 870 जनाभन्दा अधिक पात्र मतदाताहरूको नाम सूचीबाट हराएको सिकायत सार्वजनिक भएको छ जसले गर्दा ग्रामीणहरू असन्तुष्ट भएका छन्। उनीहरूले तत्कालै सूचीमा संशोधन गर्ने माग गरिरहेका छन्।

भाजपा जिल्लाध्यक्ष सुधांशु शुक्लले बताए, स्मृति इरानीको नाम विधानसभा मतदाता सूचीमा दर्ता छ। पञ्चायत मतदाता सूचीमा नाम सामेल गराउनको लागि पनि आवश्यक दस्तावेज जमा गरिएको थियो। यस मामिलामा एसडीएम गौरीगञ्ज समक्ष सिकायत गरिएको छ।

एसडीएम गौरीगञ्ज प्रीति तिवारीले बताइन्, पञ्चायत मतदाता सूचीमा नाम जोड़्नको लागि प्रस्तावित दस्तावेजहरूमा स्मृति इरानीको हस्ताक्षर थिएन, त्यसैले आवेदन स्वीकृत हुन सकेन। हस्ताक्षरयुक्त दस्तावेज उपलब्ध भए अनुपूरक सूचीको माध्यमबाट उनको नामलाई जोड़िनेछ। मृतकहरूको नाम र अन्य सिकायतहरूको पनि जाँच गरेर आवश्यक संशोधन गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande