सार्वजनिक स्थानमा रक्सी खाने 414 जना पक्राउ
सार्वजनिक स्थानमा रक्सी खाने 414 जना पक्राउ


नोएडा, 12 जून (हि.स.)। उत्तर प्रदेशको नोएडामा सार्वजनिक स्थानमा रक्सी सेवन गर्नेहरू विरुद्ध नोएडा पुलिसले बिहिवार राति विशेष अभियान शुरु गरेको छ। अभियानको क्रममा 414 जनालाई पक्राउ गरिएको छ।

पुलिस आयुक्त लक्ष्मी सिंहका मीडिया इन्चार्ज विजय कुमार गुप्ताले बताए, सेन्ट्रल जोन नोएडा पुलिसले सार्वजनिक स्थानमा रक्सी सेवन गर्नेहरू विरुद्ध हिजो राति विशेष अभियान शुरू गऱ्यो। उनले भने, सार्वजनिक स्थानमा रक्सी सेवन गरेको आरोपमा विभिन्न पुलिस थाना क्षेत्रबाट 414 जनालाई पक्राउ गरिएको छ र उनीहरू विरुद्ध मुद्दा दर्ता गरिएको छ। उनले भने, नोएडा पुलिसले सार्वजनिक स्थानमा रक्सी सेवन गर्नेहरू विरुद्ध निरन्तर कारबाही गरिरहेको छ। उनले भने, पछिल्लो छह दिनमा सार्वजनिक स्थानमा रक्सी सेवन गरेको आरोपमा दुई हजारभन्दा बढ़ी मानिसहरूलाई पक्राउ गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande