साढ़े पाँच घण्टाको जाँचबुझ पश्चात अबेर राति सीआईडी मुख्यालयबाट बाहिरिए अभिषेक ब्यानर्जी, 14 जूनमा पुनः बोलाइयो
साढ़े पाँच घण्टाको जाँचबुझ पश्चात अबेर राति सीआईडी मुख्यालयबाट बाहिरिए अभिषेक ब्यानर्जी, 14 जूनमा पुनः बोलाइयो


कोलकाता, 12 जून (हि.स.)। तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीसित विधानसभाको कथित हस्ताक्षर जालझेल मामिलामा गए बिहीवार लगभग साढ़े पाँच घण्टासम्म जाँचबुझ गरियो। साँझ लगभग 5:50 बजी भवानी भवन स्थित सीआईडी मुख्यालयमा पुगेका अभिषेक राति 11:30 बजी त्यहाँबाट बाहिरिए। जाँचबुझपछि उनी सोझै मुख्यमन्त्री ममता ब्यानर्जीको कालीघाट स्थित आवासमा पुगे। सीआईडीले उनलाई आगामी 14 जूनको दिन पुनः उपस्थित हुने निर्देश दिएको छ।

अभिषेक बिहीवार नै दिल्लीबाट कोलकाता फर्किएका थिए। उनको विमान सांझ 4:20 बजी नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय हवाईअड्डामा अवतरण भयो जहाँबाट उनी सोझै कालीघाट स्थित आफ्नो आवासमा पुगे अनि पछि निर्धारित समयभन्दा अगावै भवानी भवनमा पुगेर जाँचमा सामेल भए। तथापि सीआईडी कार्यालयमा प्रवेश गर्ने वा बाहिरिने क्रममा उनले मीडियासित कुनै बातचित गरेनन्।

विधानसभामा विपक्षका नेता चयनसित सम्बन्धित एक पत्रमा कथित रूपमा जाली हस्ताक्षर गरेको आरोपको जाँचको सिलसिलामा सीआईडीले अभिषेकलाई कैयौं पटक बोलाइसकेको भए पनि उनले पहिला स्वास्थ्य सम्बन्धि कारण देखाएर समय मागेका थिए भने दोस्रो पटक राजनीतिक कार्यक्रमको कारणले शहरदेखि बाहिर भएको कारण देखाएका थिए। यसबीच पक्रा पर्ने आशङ्कालाई मध्यनजर गर्दै उनले कलकत्ता उच्च अदालतको ढोका ढक्ढकाउँदै सुरक्षाको माग गरेका थिए।

बिहीवार भएको मामिलाको सुनवाईमा उच्च अदालतले अभिषेकलाई सांझ 6 बजेभित्रमा भवानी भवनमा उपस्थित भएर जाँचमा सहयोग गर्ने निर्देस दिए। अदालतले यो पनि स्पष्ट पाऱ्यो, हाल सीआईडीले उनीमाथि कुनै कड़ा कारबाही गर्न सक्दैन। मामिलाको अग्रिम सनवाई दुई सप्तापछि हुनेछ तबसम्मका लागि उनीमाथि दण्डात्मक कदम उठाउनेमाथि रोक लगाइएको छ।

सुनवाई हुन अगावै अभिषेकका वकिल तथा तृणमूल सांसद कल्याण ब्यानर्जीले आफूलाई यस मामिलादेखि अलग्गा राखे। उनले सार्वजनिक रूपमा अभिषेकको कार्यशैलीमाथि प्रश्न उठाउँदै तीव्र टिप्पणी गरे जसबाट पार्टीभित्र मतभेदहरूको चर्चा अझ तीव्र भएको छ।

अभिषेकको पेशीलाई केन्द्र गर्दै सीआईडीले भवानी भवन तथा यस वरपर सुरक्षाक कड़ा व्यवस्था गरेको थियो। अतिरिक्त पुलिस बल, केन्द्रिय बल औ ऱ्यापिड एक्शन फोर्सलाई तैनाथ गरिएको थियो। कुनै पनि अप्रिय स्थितिको सामना गर्नको लागि अश्रु ग्यासको व्यवस्था पनि गरिएको थियो।

विवादको जड़ त्यस पत्रलाई मानिँदैछ जसलाई तृणमूल कङ्ग्रेसको विधायक दलको पक्षबाट विधानसभा अध्यक्षलाई पठाइएको थियो। सो पत्रमा शोभनदेव चट्टोपाध्यायलाई विपक्षका नेता चुनिएको उल्लेख गरिएको थियो। आरोप छ, पत्रमा केही विधायकहरूको हस्ताक्षरमा असङ्गत पाइएको छ। केही विधायकहरूले दाबी गरेका छन्, उनीहरूले हस्ताक्षर गरेकै थिएनन् जबकि केही नामहरू ठूलो अक्षरमा लेखिएको थियो। यसै पत्रमा पार्टी महासचिवको रूपमा अभिषेक ब्यानर्जीको हस्ताक्षर पनि छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande