धुबड़ीको भारत-बङ्गलादेश सीमामा स्थितिको जायजा लिन पुगे अशोक सिङ्घल, अवैध गतिविधिहरूमाथि कड़ा चेताउनी
धुबड़ीको भारत-बङ्गलादेश सीमामा स्थितिको जायजा लिन पुगे अशोक सिङ्घल, अवैध गतिविधिहरूमाथि कड़ा चेताउनी


धुबड़ी (असम), 12 जून (हि.स.)। असम सरकारका मन्त्री अशोक सिङ्घलले शुक्रवार धुबड़ी जिल्लास्थित भारत-बङ्गलादेश अन्तर्राष्ट्रिय सीमा क्षेत्रको भ्रमण गरी त्यहाँको समग्र स्थितिको जायजा लिए। जिल्लाका अभिभावक मन्त्रीको रूपमा उनले सीमावर्ती भोगडाङ्गा गाउँमा पुगेर स्थानीय मानिसहरूसित बातचित गरी उनीहरूका समस्याहरूलाई सुने।

स्थानीय नागरिकहरूलाई सम्बोधन गर्दै सिङ्घलले भने, धुबड़ीका सनातनी हिन्दूहरूलाई कुनै पनि प्रकारको डर राख्ने आवश्यकता छैन। उनले आश्वासन दिए, सरकारले उनीहरूको हितरक्षार्थ हरसम्भव कदम उठाउनेछ। साथै उनले अवैध गतिविधिहरूमा संलिप्त मानिसहरूलाई कड़ा चेताउनी दिँदै भने, यस्ता कार्यहरूलाई 15 दिनभित्रमा बन्द गरियोस्, अन्यथा कानूनी कारबाहीको सामना गर्नको लागि तयार रहोस्।

मन्त्रीले सीमा क्षेत्रका गाउँहरूमा बसोबास गर्ने मानिसहरूले पछिल्लो लामो समयदेखिकै झेल्दै आइरहेका समस्याहरूको समाधान गरिदिने भरोसा दिलाए। उनले भने, सीमावर्ती क्षेत्रका जनताका चिन्ताहरू तथा मागहरू बारे मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाी अवगत गराइनेछ ताकि आवश्यक कदमउठाउन सकियोस्।

त्यसपछि अशोक सिङ्घलले सीमा सुरक्षा बल (बीएसएफ)- का वरिष्ठ अधिकारीहरूसित बैठक गरी सीमा प्रबन्धन र स्थानीय मुद्दाहरूमा चर्चा गरे। उनले भोगडाङ्गा क्षेत्रका मानिसहरूको समस्याको समाधान तथा सीमावर्ती क्षेत्रहरूमा सुविधाहरू उपलब्ध गराउने सम्बन्धि सरकारको प्रतिबद्धतालाई दोहोऱ्याए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande