भीम आर्मीद्वारा जिल्लाधिकारी कार्यालयको घेराउ
भीम आर्मीद्वारा जिल्लाधिकारी कार्यालयको घेराउ


बर्दवान, 12 जून (हि.स.)। पश्चिम बर्दवान जिल्लामा अल्पसङ्ख्यक तथा अनुसूचित जाति एवं अनुसूचित जनजाति समुदायका मानिसहरूमाथि कथित अत्याचार अनि उत्पीड़न गरेको विरोधमा भीम आर्मीले शुक्रवार जिल्लाधिकारी कार्यालय समक्ष प्रदर्शन गऱ्यो। सङ्गठनका कार्यकर्ताहरूले जिल्ला प्रशासनप्रति असन्तुष्ट व्यक्त गर्दै चाँड़ै प्रभावकारी कारबाही गर्ने माग गरे।

भीम आर्मीका प्रदेश अध्यक्ष सुशिल रुइदासले भने, सङ्गठनको पक्षबाट पहिला पनि जिल्ला प्रसासनलाई यस सम्बन्धमा ज्ञापन सुम्पिइएको थिय। जिल्लामा बढ़्दो कथित उत्पीड़नका घटनाहरूमाथि रोक लगाउने माग गरिएको थियो। उनले आरोप लगाए, सिकायत गरिएको भए पनि अहिलेसम्म स्थितिमा सुधार आएन। अत्याचार भइरहेकै छ। त्यसैले सङ्गठनले एक पटक फेरि जिल्लाधिकारी कार्यालयको घेराउ गरी प्रशासनको ध्यान आकर्षण गराउने प्रयास गरेको छ।

सुशिल रुइदासले चेताउनी दिँदै भने, यदि आगामी सप्ताहभित्रमा अल्पसङ्ख्यक, एससी औ एसटी समुदायका मानिसहरूमाथि भइरहेको कथित अत्याचारलाई रोक्नको लागि प्रभावकारी कदम उठाएन भने भीम आर्मीले जिल्लाभरि नै व्यापक आन्दोलन गर्नेछ।

उनले पाण्डेश्वर र उखड़ा थाना क्षेत्रको उल्लेख गर्दै आरोप लगाए, केही मामिलाहरूमा पुलिस प्रशासन संविधान प्रदत्त अधिकारहरूको रक्षा गर्नमा विफल भएको छ। उनले भने, अल्पसङ्ख्यक तथा वञ्चित समुदायलाई संविधानद्वारा दिइएका अधिकारहरूको सुरक्षा सुनिश्चित गर्ने प्रशासनको जिम्मेवारी हो। यसमा कुनै पनि प्रकारको लापरवाहीलाई स्वीकार गर्न सकिँदैन।

प्रदर्शनमा ठूलो सङ्ख्यामा भीम आर्मीका कार्यकर्ताहरू उपस्थित थिए। सङ्गठनले प्रशासनसित माग गऱ्यो, सिकायतको निष्पक्ष जाँच गरी दोषीहरूविरूद्ध कड़ा कारबाही गरियोस् ताकि प्रभावित समुदायमा सुरक्षा अनि विश्वासको माहोल कायम हुनसकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande