
खरसाङ, 12 जून (हि.स.)। दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा भइरहेको समर फेस्टिभल अन्तर्गत शुक्रवार खरसाङ रेलवे स्टेशनमा ध्रुमा फिल्म फेस्टिभल शुरु भएको छ। फेस्टिभल शनिवार पनि जारी रहनेछ।
दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा गत 6 जूनदेखि 14 जूनसम्म समर फेस्टिभलको आयोजना भइरहेको छ। यसै क्रममा शुक्रवार फिल्म फेस्टिभलको उद्घाटन बिहान सिलगढीमा मन्त्री दिलिप घोषको बाहुली गरियाे। यसैगरी, साँझ खरसाङमा ध्रुमा फिल्म फेस्टिभल अन्तर्गत खरसाङ क्षेत्रका वरिष्ठ व्यक्तिहरुलाई लिएर विभिन्न फिल्महरु प्रदर्शन गरिएको छ।
यस अन्तर्गत शुक्रवार 5-6 वटा फिल्म प्रदर्शन गरियाे भने शुक्रवार र शनिवार लगभग 45 वटा विभिन्न भाषाका फिल्महरु प्रदर्शन गरिने छ। यस अवसरमा खरसाङको रेलवे स्टेशन परिसरमा आयोजित ध्रुमा फिल्म फेस्टिभलको उद्घाटन खरसाङका रेलवे स्टेशनका म्यानेजर संगम खाती, वरिष्ठ व्यक्ति जोगेन्द्र प्रसाद, प्रभा छेत्री, प्रणिता मुखिया घिसिङ लगायत अन्यहरूको बाहुलीबाट सम्पन्न गरियाे।
आगामी 14 जूनमा समर फेस्टिभलको समापन हुनेछ। समापन कार्यक्रम उत्तर बंगाल विश्वविद्यालयमा सम्पन्न हुने बताइएको छ। शुक्रवार खरसाङमा ध्रुमा फिल्म फेस्टिभलको आयोजना गरियाे। ध्रुमा शब्द संस्कृतबाट लिइएको र यस शब्दको अर्थ धुमरु अर्थात् धुँवा हो। यो धुँवा दार्जिलिङ हिमालयन रेलवेको वाष्पचालित इञ्जिनसित सम्बन्धित छ। ध्रुमाको पूरा नाम दार्जिलिङ हिमालयन रेलवे युनिभर्सल मोशन आट्स हो।
ध्रुमा फिल्म फेस्टिभल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ हिमालयन रेलवेका निर्देशक रिसभ चौधरीले दार्जिलिङ हिमालयन रेलवेले दार्जिलिङ पहाडको कला, संस्कृति, स्थानीय खाद्य र अन्यको संरक्षणको लागि काम गरिरहेको साथै स्थानीय समाजका वरिष्ठ व्यक्तिहरु र युवाहरुलाई समेटेर कार्यक्रमहरु आयोजना गरिरहेको बताए। उनले दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा गत 6 जूनदेखि 14 जूनसम्म भइरहेको समर फेस्टिभल अन्तर्गत ध्रुमा फिल्म फेस्टिभल आयोजना गरिएको बताए।
रिसिभ चौधरीले भने, फिल्म फेस्टिभल अन्तर्गत राष्ट्रिय र राज्य स्तरका विभिन्न फिल्महरु प्रदर्शन गरिने छन्। यस ध्रुमा फिल्म फेस्टिभलको उदघाटन शुक्रवार बिहान सिलगढीमा मन्त्री दिलिप घोषको बाहुलीबाट गरियाे। यस अवसरमा मन्त्रीले दार्जिलिङ हिमालयन रेलवेले गरिरहेका विभिन्न कार्यको सराहना गरे। मन्त्री शनिवार खरसाङमा हुने कार्यक्रममा पनि सहभागी हुनेछन्।'
---------------
हिन्दुस्थान समाचार / हनोक