राज्य पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलिप घोष खरसाङ आइपुगे, शनिवार दार्जिलिङ जाने
Dilip Ghosh


खरसाङ, 12 जून (हि.स.)। पश्चिम बंगालको पञ्चायत एवं ग्रामीण विकास, कृषि मार्केटिङ मन्त्री दिलिप घोष शुक्रवार साँझ खरसाङ आइपुगेका छन्। उनी साँझ लगभग 7 बजीको खरसाङ आइपुगेका थिए। उनी सिलगढीको कार्यक्रमबाट सोझै खरसाङको गिद्ध पहाडस्थित सर्किट हाउस पुगेका थिए।

उनी शुक्रवार यहाँ बसेर शनिवार खरसाङको रेलवे स्टेशनमा दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा भइरहेको समर फेस्टिभल अन्तर्गत ध्रुमा फिल्म फेस्टिभलमा सहभागी हुने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ। मन्त्री घोष खरसाङ आइपुग्दा उनलाई भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा लगायत जिल्ला प्रतिनिधिहरु र भाजपा पदाधिकारीहरुले स्वागत जनाएका थिए।

उनले सर्किट हाउसमा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला प्रतिनिधिहरुसित सभा गर्ने सम्भावना छ। मन्त्री दिलिप घोषले शनिवार खरसाङको रेलवे स्टेशन परिसरमा हुने फेस्टिभलमा भाग लिएर दार्जिलिङ जाने कार्यक्रम रहेको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande