
बाँकुड़ा, 12 जून (हि.स.)। बाँकुड़ा जिल्लाका एकजना ग्राम पञ्चायत प्रधानमाथि कार्यालयभित्र मातेर बसेको आरोप लगाइएको छ। घटनापछि क्षेत्रमा व्यापक असन्तोष व्याप्त हुनको साथै चर्चा भइरहेको छ।
जानकारी अनुसार गए बिहीवार अपरान्ह छातना क्षेत्रको झुँजका ग्राम पञ्चायत कार्यालयमा केही ग्रामीणहरू ट्यूबवेल मरम्मतसित सम्बन्धित समस्यालाई लिएर गएका थिए। त्यहाँ पुग्दा उनीहरूले देखे, पञ्चायत प्रधान रामेश्वर हेम्ब्रम कार्यालय कक्षको भुइँमा लगभग अचेत अवस्थामा लड़िरहेका थिए। स्थानीय मानिसहरूको आरोप छ, प्रधान रक्सीले मातेका थिए। घटनाको खबर फैलिनसाथ पञ्चायत कार्यालय बाहिर ग्रामीणहरूको भीड़ एकत्र भयो। कसैले यसको भीडियो बनाएर सोशल मीडियामा अपलोड गरे जसपश्चात मामिला चर्चामा आयो।
गए बिहीवार अबेर साँझ पुलिस घटनास्थलमा पुग्यो अनि पञ्चायत प्रधानलाई सहारा दिएर कार्यालयदेखि बाहिर निकालेर घरसम्म पुऱ्याइदियो। त्यसबेला तिनी राम्ररी उभिने वा कुर्सीमा बस्ने समेत स्थितिमा थिएनन्।
ग्रामीणहरूको आरोप छ, पञ्चायत प्रधान प्रायजसो नै कार्यालयमा उपस्थित रहँदैनन्। सरकारी योजनाको फारम भर्नका लागि कार्यालयमा पुगेका गाउँकामहिलाहरूलाई कैयौं पटक हस्ताक्षर नगरी फर्किनु पऱ्यो। मानिसहरूले यो पनि दाबी गरे, प्रधान प्रायजसो नै मातेका हुन्छन्।
भनिन्छ, वर्ष 2024- को पञ्चायत चुनाउमा यस ग्राम पञ्चायतमा तृणमूल कङ्ग्रेसले जीत दर्ता गरेपश्चात रामेश्वर हेमब्रम पञ्चायत प्रधान भएका थिए।
तथापि पञ्चायत प्रधान रामेश्वरले रक्सी खाएको आरोपलाई खारेज गरेका छन्। जिल्ला प्रशासनका एकजना अधिकारीले भनेका छन्, मामिलाको जाँच गरी उचित कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा