तृणमूल विधायक प्रिया पालको गोदाम र ग्यारेजबाट राहत सामग्रीलाई हटाउँदा रड़ाँको मचियो
तृणमूल विधायक प्रिया पालको गोदाम र ग्यारेजबाट राहत सामग्रीलाई हटाउँदा रड़ाँको मचियो


हावड़ा, 12 जून (हि. स.)। साङ्कराइलकी तृणमूल विधायक प्रिया पालको गोदाम एवं ग्यारेजमा प्रचुर मात्रामा रहेको सरकारी राहत सामग्रीहरूलाई हटाइएको घटनालाई लिएर रड़ाँको मचियो। शुक्रवार विधायकको सारेङ्गास्थित गोदामबाट प्रचुर मात्रामा राहत सामग्रीहरूलाई वाहनहरूमा लादेर लगिँदैथ्यो। यसै अवधि ग्रामीणहरूले विधायकमाथि राहत सामग्री लुकाएर राखेको आरोप लगाएर बबाल मचाए। तथापि विधायक प्रिया पालको भनाइ छ, वितरण गर्न नसकिएका सामग्रीहरू सरकारलाई फर्काउनको लागि लगिँदैथ्यो।

स्थानीय सूत्र मुताविक तृणमूल विधायकको सारेङ्गास्थित गोदामबाट शुक्रवार तीन वटा मेटाडोरमा लादेर तिरपाल, कम्बल, साड़ी, धोती औ कपड़ा लगिँदैथ्यो। त्यसै अवधि ग्रामीणहरूवे विरोध प्रदर्शन गर्दै वाहनहरूलाई रोके। ग्रामीणहरूले प्रश्न उठाए, यी राहत सागम्रीहरू विधायकको गोदाममा यदिका दिनसम्म किन र कसरी रह्यो? उनीहरूको आरोप छ, यी सरकारी राहत सामग्रीहरू गरीबहरूको लागि दिइएको थियो, तर उनीहरूलाई केही पनि दिइएन।

विरोध प्रदर्शन भइरहेको खबर पाएर साङ्कराइल थानाको पुलिस घटनास्थलमा पुग्यो। त्यसपछि सरकारी अधिकारीहरूले ग्रामीणहरूलाई आवश्यक कागजपत्र देखाएपछि उनीहरू शान्त भए। ग्रामीणहरूले पुलिससित ग्यारेजको खानतलासी गर्ने माग समेत गरेका छन्।

स्थानीय भाजपा नेताहरूले आरोप लगाए, सबै राहत सामग्रीहरूलाई लुकाएर बाहिर लगिँदैथ्यो। विधायकले त्यसलाई खुल्ला बजारमा बेच्ने तयारी गरिरहेकी थिइन्। विधानसभा चुनाउपूर्व पनि तृणमूल नेताहरूको एउटा गुटलेले पनि प्रिया पालमाथि विभिन्न आरोपहरू लगाएको थियो। यस सन्दर्भमा उक्त गुटले प्रियाको विरोधमा अभिषेक ब्यानर्जी र कासिम सिद्दीकीलाई एउटा पत्र पनि लेखेको थियो।

तथापि प्रियाले आफूमाथि लगाइएका सबै आरोपहरूलाई अस्वीकार गरेकी छन्। उनले भनिन्, मैले डिस्ट्रिक्ट मेजिस्ट्रेट (डीएम)-लाई एउटा चिट्ठी लेखेकी थिएँ ताकि वितरण नगरिएका राहत सामग्रीहरूलाई फिर्ता लिइयोस्। त्यसै अनुरूप प्रशासनले यी सामग्रीहरूलाई हटाउनेकाम गरिरहेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande