श्रीभूमि स्पोर्टिङ्ग क्लबमा सरकारी राहत सामग्री भेटियो
श्रीभूमि स्पोर्टिङ्ग क्लबमा सरकारी राहत सामग्री भेटियो


कोलकाता, 12 जून (हि.स.)। महानगर कोलकाताको नामी सुरुचि सङ्घ पश्चात अब श्रीभूमि स्पोर्टिंङ्ग क्लब नजिकै अवस्थित एउटा घरभित्र प्रचुर मात्रामा राहत सागमग्रीहरू भेटिएको छ।

सूत्र अनुसार शुक्रवार बिधान नगर विधानसभा क्षेत्रमा दक्षिण दमदम नगरपालिकाको वार्ड नम्बर 34 स्थित श्रीभूमि खेल मैदानमा एउटा घरबाट सरकारी राहत सामग्रीहरू जफत गरियो। यसमा सरकारी तिरपाल, कम्बल, बुजुर्ग अनि बाल-बालिकाहरूको कपड़ा, कुड़ादान, चुला अनि गङ्गासागरको प्रसाद सामेल छन्।

उल्लेखनीय छ, तृणमूल नेता एवं पूर्व मन्त्री सुजीत बसु श्रीभूमि स्पोर्टिङ्ग क्लबका कर्ताधर्ता रहिआएका छन्। हाल उनी नगरनिगम भर्ती घोटाला मामिलामा ईडीको हिरासतमा छन्। अब श्रीभूमिबाट भारी मात्रामा सरकारी राहत सामग्री भेटिनाले नयाँ शिराबाट प्रश्नहरू उठिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande