
पुँछ, 12 जून (हि.स.)। शुक्रवार पुँछ जिल्लास्थित एलओसीमा ग्रेनेड पड़्केको एउटा घटनामा सेनाका दुई जना जवानहरू घाइते भए।
अधिकारीहरूले बताए, आज एलओसीको छेउमा फरवर्ड एरियामा ट्रेनिङ्ग भइरहेको बेला ग्रेनेड विस्फोट भयो। यस घटनामा सेनाका दुई जना जवानहरू घाइते भए। दुवै जवानलाई उपचारको निम्ति तत्कालै पुँछको 425 आर्मी फील्ड हस्पिटलमा लगियो जहाँ उनीहरूको उपचार भइरहेको छ। तथापि उनीहरूको अवस्था र घटनाको बारेमा विस्तृत जानकारीको प्रतीक्षा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा