हाजोमा पुलिसको ड्रग्स विरोधी व्यापक अभियान, तीन जना पक्राउ
हाजोमा पुलिसको ड्रग्स विरोधी व्यापक अभियान, तीन जना पक्राउ


कामरूप (असम), 12 जून (हि.स.)। असममा नशालु पदार्थहरू विरोधी अभियान अन्तर्गत हाजो तथा कामरूप पुलिसले हाजोको शिमलुतला क्षेत्रमा व्यापक रूपमा संयुक्त अभियान सञ्चालन गऱ्यो। पुलिसले शुक्रवार बतायो, यो अभियान डीएसपी दीपक शर्माको नेतृत्वमा स़़ञ्चालन गरिएको थियो।

पुलिसले विशेष सूचनाको आधारमा स्निफर डगको सहायताले खोजी अभियान चलायो। अभियानको क्रममा भारी मात्रामा हेरोइन र गाँजा जफत गरियो। यसको साथै घटनास्थलबाट व्यापक मात्रामा नगद र धनराशि पनि जफत गरियो जसलाई नशालु पदार्थहरूको व्यापारसित सम्बन्धित रहेको मानिँदैछ।

मामिलामा संलिप्त तीन जना मानिसहरूलाई पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूसित जाँचबुझ गरिँदैछ भने यस अवैध नेटवर्कसित सम्बन्धित अन्य मानिसहरूलाई चिन्हित गर्नको लागि जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande