
गुवाहाटी, 12 जून (हि.स.)। गुवाहाटी रेलवे स्टेशनमा रेलवे पुलिसले नौ जना बङ्गलादेशी नागरिकहरूलाई गए राती बिहीवार पक्राउ गऱ्यो। प्रारम्भिक जाँचमा यिनीहरू अवैध रूपमा असममा प्रवेश गरेको आशङ्का व्यक्त गरिँदैछ।
पुलिस सूत्र अनुसार आशङ्का छ, यिनीहरू सबै बङ्गलादेशी नागरिकहरू कछार जिल्लाको सीमा भएर असमभित्र छिरेका थिए अनि पछि गुवाहाटी आइपुगेका थिए। सुरक्षा एजेन्सीहरूले यिनीहरूको पहिचान सम्बन्धि दस्तावेज तथा यात्र मार्गको जाँच गरिरहेका छन्।
हाल सबै नौ जना बङ्गलादेशी नागरिकहरू गुवाहाटी रेलवे पुलिसको हिरासतमा छन्। पुलिसले यिनीहरूसित जाँचबुझ गर्नको साथै मामिलाको विस्तृत जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा