
गान्तोक, 12 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयाँ दिल्लीको पुरानो सिक्किम हाउसमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरे। भेटका क्रममा मुख्यमन्त्रीले राज्यपाललाई हालै भएका विकास तथा प्रगतिबारे जानकारी गराए।
उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्। उनले नयाँ दिल्लीको पुरानो सिक्किम हाउसमा राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरेकाे बताउँदै भेटका क्रममा राज्य र सिक्किमका जनताको कल्याण तथा समग्र उन्नतिका लागि सञ्चालन भइरहेका विभिन्न पहलहरूबारे अद्यावधिक जानकारी साझा गरे। उनले राज्यको विकासका लागि राज्यपालले निरन्तर प्रदान गर्दै आएको मार्गदर्शन, सहयोग र प्रोत्साहनप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल