
सिलगढ़ी, 12 जून (हि.स.)। केन्द्रिय मन्त्री सुकान्त मजुमदारले शुक्रवार बागडोगरा एयरपोर्टमा पुग्नसाथ पूर्व मुख्यमन्त्री ममता ब्यानर्जी तथा तृणमूल कङ्ग्रेसमाथि तीव्र प्रहार गरे। उनले दाबी गरे, तृणमूल कङ्ग्रेस “ताशका पत्तहरू जस्तै छरिरहेको छ”। पार्टीभित्र सांसदहरूको समर्थनलाई लिएर गम्भीर प्रश्न उठेको छ।
मजुमदारले भने, राज्यसभापछि अब लोकसभाका लगभग 20 जना तृणमूल सांसदहरूको हस्ताक्षर पनि सार्वजनिक भएपछि पार्टीभित्र असन्तोष बढ़िरहेको स्पष्ट झल्किरहेको छ। उनले कटाक्ष गर्दै भने, “यता कतिजना सांसदहरू छन्, त्यो गन्ती नगर्नुहोस्, ममता ब्यानर्जीसित कतिजना छन्, त्यो गन्ती गर्नुहोस्- यो सङ्ख्या लगातार घटिरहेको छ।” उनको दाबी थियो, बिस्तारै सबै नेताहरू पार्टी छोड़ेर अन्यत्र जानेछन्।
अभिषेक ब्यानर्जी हालैमा अदालतमा पेश भएको सन्दर्भमा टिप्पणी गर्दै उनले भने, अदालतले आदेश दिएको कारणले उनी बाध्य भए “जसलाई ‘राजा’ जस्तै भएर बस्ने आदत थियो, उनलाई अब अदालतमा जान परिरहेको छ,” उनले कटाक्ष गरे। साथै उनले आरोप लगाए, पहिला केन्द्रिय जाँच एजेन्सीहरू सीबीआई र प्रवर्तन निदेशालयले बोलाउँदा बेवास्ता गरिन्थ्यो।
मजुमदारले पार्टीभित्र व्याप्त मतभेदहरूलाई उल्लेख गर्दै भने, कल्याण ब्यानर्जी जस्ता केही वरिष्ठ नेताहरूसित अभिषेक ब्यानर्जीको सम्बन्ध राम्रो छैन। उनले भने, प्याराशुटबाट उत्रेर कोही नेता बन्छ भने उसलाई पुरानो नेताहरूले स्वीकार गर्दैनन्। उनले अझ कटाक्ष कसे, तृणमूल कङ्ग्रेसले अब कल्याण ब्यानर्जीलाई राख्छ कि अभिषेक ब्यानर्जीलाई तय गर्ने समय आएको छ।
उनले यो पनि बताए, आज उनी मालदामा आयोजना भइरहेको एक प्रशासनिक बैठकमा सामेल हुनेछन् जहाँबाट उत्तर बङ्गालको राजनीतिलाई लिएर थप बयान दिन सक्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा