
दक्षिण सालमारा (असम), 12 जून (हि.स.)। राज्यभरि नै असम पुलिसको नशालु पदार्थ विरोधी अभियान लगातार सञ्चालन भइरहेको छ। लगभग प्रतिदिन नै राज्यका विभिन्न भागहरूबाट प्रचुर मात्रामा ड्रग्स, गाँजा तथा अन्य मादक पदार्थहरू जफत गरिनको साथै यस्ता अवैध गतिविधिहरूमा सामेल केही ड्रग्स तस्करहरूलाई पनि पक्राउ गरिँदैछ। यसै क्रममा दक्षिण सालमारामा पुलिसले एकपटक फेरि ड्रग्स विरोधी अभियान स़ञ्चालन गऱ्यो। अभियानमा पुलिसले हेरोइन सहित दुई जना कथित तस्करहरूलाई पक्राउ गऱ्यो जसमा एकजना महिला तस्कर पनि सामेल छ। पक्रा पर्ने तस्करहरूको पहिचान ममताज अली र जाकिर हुसैनको रूपमा भएको छ। दुवै आरोपीलाई हिरासतमा लिएर अग्रिम कानूनी कारबाही तथा जाँचबुझ शुरू गरिएको छ।
पुलिसको भनाइ छ, राज्यमा मादक पदार्थहरूको तस्करीमाथि रोक लगाउन अनि तस्करीको नेटवर्कलाई ध्वस्त बनाउनको लागि अभियान आगामी दिनमा पनि यथावत रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा