पिस्तोलसितै दुई कुख्यात डाँका रूपहीहाटबाट समातिए
पिस्तोलसितै दुई कुख्यात डाँका रूपहीहाटबाट समातिए


नगाउँ (असम), 12 जून (हि.स.)। रूपहीहाट पुलिसले महत्वपूर्ण कारबाही गर्दै पिस्तोल र जिउँदो कारतूससितै दुई जना कुख्यात डाँकाहरूलाई पक्राउ गरेको छ। पुलिसले गुप्त सूचनाको आधारमा क्षेत्रका सात वटा स्टार लग्जरी होटलहरूमा छापा मारेर दुवै आरोपीहरूलाई समात्यो।

पक्रा पर्ने डाँकाहरूको पहिचान ताजाजुल हक र रशिदुल हकको रूपमा भएको छ। जाँच गर्दा पुलिसले उनीहरूको कब्जाबाट 7.65 एमएमको एउटा पिस्तोल तथा दुई वटा जिउँदो कारतूस जफत गऱ्यो।

पुलिस सूत्र अनुसार दुवै आरोपीले लुटपाट गर्ने योजना बनाउने उद्देश्यले नम्बर-2 बरगुली क्षेत्रबाट आएर होटलमा बसेका थिए। यसै अवधि पुलिसले समयमै कारबाही गर्दै उनीहरूलाई पक्राउ गऱ्यो।

हाल पुलिसले दुव आरोपीसित गहन जाँचबुझ गरिरहेको छ। अधिकारीहरूको भनाइ छ, मामिलाको जाँच भइरहेको छ। यो पत्तो लगाइँदैछ कि यी डाँकाहरू अन्य आपराधिक गतिविधिमा पनि सामेल छन् कि छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande