स्पा सेन्टरमा देह व्यापारको भण्डाफोर, 6 जना युवतीहरूको उद्धार, 4 जना समातिए
स्पा सेन्टरमा देह व्यापारको भण्डाफोर, 6 जना युवतीहरूको उद्धार, 4 जना समातिए


हल्द्वानी , 12 जून (हि.स.)। तिकोनिया क्षेत्रस्थित एक स्पा सेन्टरमा सञ्चालित कथित देह व्यापारको पुलिसले भण्डाफोर गर्दै 6 जना युवतीहरूलाई उद्धार गरेको छ। कारबाहीको क्रममा एक जना महिला सहित चार जना आरोपीहरूलाई पक्राउ गरियो भने स्पा सेन्टर सञ्चालक घटनास्थलबाट भाग्यो जसलाई पुलिसले खोजिरहेको छ।

जानकारी अनुसार अनैतिक मानव व्यापार निरोधक एकाई (एएचटीयू) प्रभारी उपनिरीक्षक सुनिता कुँवरलाई लामो समयदेखिकै तिकोनिया स्थित एमजे द लक्जरी स्पामा अनैतिक गतिविधिहरू सञ्चालन भइरहेको सिकायत प्राप्त भएको थियो। सुराकीहरूको सूचनाको आधारमा गए बिहीवार राती पुलिसको टीमले स्पा सेन्टरमा छापामारी गऱ्यो। यस अवधि स्पाभित्र निर्मित दुई वटा कोठामा युवक र युवतीलाई आपत्तिजनक अवस्थामा भेटियो।

त्यसरी नै अर्को कोठामा चार जना युवतीहरू थिए। जाँचबुझमा युवतीहरूले आरोप लगाए, स्पा सञ्चालक र उसको सहयोगीले उनीहरूलाई नोकरी दिने प्रलोभन देखाएर देह व्यापारको लागि बाध्य बनाउँदै आइरहेका थिए। कारबाही गरिरहँदा पुलिसले घटनास्थलबाट प्रयोग गरिएका 16 वटा आपत्तिजनक वस्तु, निरोधको प्याकेट, ग्राहकहरूको एन्ट्री सम्बन्धित दुई वटा रजिस्टर तथा 4 हजार 3 सय 20 रुपियाँ नगद जफत गऱ्यो। सबै सामानलाई सील गरेर कब्जामा लिइएको छ। पुलिसले बतायो, पक्रा पर्ने आरोपीहरू विरूद्ध अनैतिक व्यापार (निवारण) अधिनियमको धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande