
कोलकाता, 12 जून। पश्चिम बङ्गालको अपराध जाँच विभाग (सीआईडी)-ले विधानसभा चुनाउको प्रचार-प्रसार अवधि तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव औ डायमण्ड हार्बरबाट लोकसभा सांसद अभिषेक ब्यानर्जीको भड़काउपूर्ण टिप्पणीसित सम्बन्धित मामिलाको जाँच गर्ने दायित्व लिएको छ। यस सम्बन्धमा औपचारिक आदेश जारी गरिएको छ।
पुलिसका वरिष्ठ अधिकारीहरू अनुसार यस मामिलाको जाँच पहिला बिधाननगर साइबर अपराध थानाले गरिरहेको थियो। अहिलेसम्मको जाँचमा भेला पारिेका सबै दस्तावेज, डिजीटल प्रमाण तथा केस डायरी सीआईडीलाई सुम्पिइएको छ ताकि मामिलाको विस्तृत जाँच गर्न सकियोस्।
एक जना वरिष्ठ पुलिस अधिकारीले बताए, प्रारम्भिक जाँचमा जुटाइएका सामग्री, दस्तावेज एवं डिजीटल प्रमाणहरूको हस्तान्तरण प्रक्रियालाई पूरा गरिएको छ। सीआईडीले अब सिकायतका सबै पाटो र पक्षहरूको जाँच गरेर कानून अनुरूप अग्रिम कारबाही गर्नेछ।
यो मामिला गत पाँच मईमा दर्ता गरिएको एक सिकायतसित सम्बन्धित छ। सामाजिक कार्यकर्ता राजीव सरकारले उत्तर 24 परगना जिल्लाको बागुईआटी थानामा सिकायत दर्ता गराएका थिए। सिकायतमा विधानसभा चुनाउको परिमाम सार्वजनिक भएको एक दिनपछि दर्ता गरिएको थियो।
सिकायतकर्ताले आरोप लगाएका छन्, अभिषेक ब्यानर्जीले चुनाउपछि भएको हिंसा तथा मतगणना प्रक्रियालाई लिएर भड़्काउपूर्ण टिप्पणी गरेका थिए। यो पनि दाबी गरिएको छ, ब्यानर्जीका केही टिप्पणीहरू केन्द्रिय गृहमन्त्री अमित शाहसित सम्बन्धित थिए।
पुलिस अधिकारीहरू अनुसार मामिलासित सम्बन्धित भीडियो क्लिप, सोशल मीडिया लिङ्क औ अन्य डिजीटल सामग्रीहरूलाई सुरक्षित राखिएको छ। सीआईडीले यी सबै प्रमाणहरूको परीक्षण गरी यो तय गर्नेछ कि आरोपहरूमा कति सत्यता छ र अग्रिम कारबाही के गर्नुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा