डब्ल्यूबीसीएस प्रारम्भिक परीक्षालाई लिएर रेलवेको विशेष पहल, आइतवार चल्नेछ अतिरिक्त लोकल ट्रेनहरू
डब्ल्यूबीसीएस प्रारम्भिक परीक्षालाई लिएर रेलवेको विशेष पहल, आइतवार चल्नेछ अतिरिक्त लोकल ट्रेनहरू


खड़गपुर, 12 जून (हि. स.)। आगामी 14 जूनमा आयोजना भइरहेको डब्ल्यूबीसीएस (कार्यकारी) प्रारम्भिक परीक्षा-2024 लाई मध्यनजर गर्दै दक्षिण पूर्व रेलवेको खड़गपुर मण्डलले परीक्षार्थीहरू तथा आम यात्रीहरूको सुविधाको लागि विशेष ट्रेनहरूको व्यवस्था गर्ने निर्णय लिएको छ। यसान्तर्गत आइतवार सामान्यतः रद्द रहने केही ईएमयू र एमईएमयू लोकल ट्रेनहरूलाई सञ्चालन गरिनेछ।

रेलवेद्वारा जारी प्रेस विज्ञप्ति अनुसार ठूलो सङ्ख्यामा परीक्षार्थीहरूलाई विभिन्न परीक्षा केन्द्रहरूसम्म सहज रूपमा पुऱ्याउने उद्देश्यले यो विशेष व्यवस्था गरिएको हो। 14 जून, आइतवारका दिन केही लोकल ट्रेनहरू आफ्नो निर्धारित समयानुसार सञ्चालन हुनेछन् जसबाट यात्रीहरूलाई अतिरिक्त सुविधा प्राप्त हुनेछ।

विशेष व्यवस्था अन्तर्गत अप ईएमयू ट्रेनहरूमध्ये 38917 हावड़ा-आमता, 38313 हावड़ा-मेचेदा, 38435 हावड़ा-पाँसकुड़ा, 38443 हावड़ा-पाँसकुड़ा, 38445 हावड़ा-पाँसकुड़ा औ 38703 हावड़ा-खड़गपुर सामेल छन्।

यसरी नै डाउनमा 38708 खड़गपुर-हावड़ा, 38414 पाँसकुड़ा-हावड़ा, 38420 पाँसकुड़ा-हावड़ा, 38426 पाँसकुड़ा-हावड़ा, 38104 उलुबेरिया-हावड़ा तथा 38922 आमता-हावड़ा ईएमयू सेवालाई स़ञ्चालनमा ल्याइनेछ।

यस अतिरिक्त एमईएमयू सेवाहरूमध्ये अपमा 68093 खड़गपुर-झारग्राम एमईएमयू तथा 68023 झारग्राम-पुरुलिया एमईएमयूलाई सञ्चालनमा ल्याइनेछ भने डाउनमा 68024 पुरुलिया-झारग्राम एमईएमयू तथा 68094 झारग्राम-खड़गपुर एमईएमयू सेवा उपलब्ध रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande