
मेदिनीपुर, 12 जून (हि. स.)। पश्चिम मेदिनीपुर जिल्ला पुलिसमा प्रशासनिक दक्षता औ कार्यप्रणालीलाई अझ बढ़ी सुदृढ़ बनाउने उद्देश्य अन्तर्गत व्यापक रूपमा फेरबदल गरिएको छ। पुलिस अधीक्षक कार्यालयद्वारा जारी आदेशमा जिल्लाका विभिन्न थाना अनि पुलिस चौकीहरूका ओसी तथा प्रभारी अधिकारीहरूलाई तत्काल प्रभावदेखि स्थानान्तरण गरिएको छ।
यस फेरबदल अनतर्गत सबैभन्दा प्रमुख बदलाउ घाटाल थानामा भएको छ जहाँ नारायणगढ़ थानामा पदस्थ सब-इन्स्पेक्टर तिमिर लेटलाई नयाँ ओसी नियुक्त गरिएको छ। यसअघि उनी चुनाउको समयमा खड़ार पुलिस चौकीका प्रभारी रहिसकेका छन्। अब केही महिना नबित्दै उनलाई घाटाल जस्तो महत्वपूर्ण थानाको जिम्मेवारी सुम्पिइएको छ।
जारी आदेश अनुसार मोठ दश जना पुलिस अधिकारीहरूलाई स्थानान्तरण गरिएको छ जसलाई निर्धारित समय-सीमाभित्रमा आफ्नो नयाँ पदस्थापना स्थलहरूमा योगदान दिने निर्देश दिइएको छ।
आदेशमा स्पष्ट रूपमा भनिएको छ, सबै स्थानान्तरित अधिकारीहरूले आगामी 12 जून, 2026 भित्रमा आफ्नो नयाँ पदमा योगदान दिनु अनिवार्य छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा