नथुला पास भएर कैलाश मानसरोवर यात्रा गर्ने 46 जनाको पहिलो समूह दिल्लीबाट प्रस्थान
कैलाश मानसरोवर यात्रा गर्ने 46 जनाको पहिलो समूह दिल्लीबाट प्रस्थान


गान्तोक, 12 जून (हि.स.)। कैलाश मानसरोवर यात्रा २०२६ शुक्रबारदेखि शुरू भएको छ। सिक्किमको नथुला पास भएर कैलाश मानसरोवरको यात्रा गर्ने 46 जनाको पहिलो समूहलाई आज नयॉं दिल्लीस्थित विदेश मन्त्रालयको जवाहरलाल नेहरू भवनबाट विदेश राज्यमन्त्री पवित्र मार्गेरिटाले झण्डा देखाएर प्रस्थान गराए।

यस अवसरमा विदेश मन्त्रालयका अधिकारीहरू, सिक्किम हाउस नयॉं दिल्ली, सटीडीसी र राज्य पर्यटन तथा नागरिक उड्डयन विभागका अधिकारीहरू पनि उपस्थित थिए। नयॉं दिल्लीमा यात्रीहरूलाई राज्य पर्यटन तथा नागरिक उड्डयन विभागका अधिकारीहरूले स्वास्थ्य परीक्षण प्रक्रियामा सहजीकरण र सहयोग गरेका थिए। कैलाश मानसरोवर यात्रीहरूको पहिलो समूह १५ जून, २०२६ का दिन गान्तोक आइपुग्नेछन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande