एसडीएफद्वारा चन्द्रहाङ सुब्बामाथि भएको आक्रमणको निन्दा, मास्टर माइण्डलाई पक्राउ गर्नु पर्ने माग
Amber Rai sdf


गान्तोक, 12 जून (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले पश्चिम सिक्किमको सोरेङ जिल्लाअन्तगर्गत थोङलिङका एक युवा व्यवसायीमाथि भएको कथित प्राणघातक आक्रमणको घटनालाई लिएर गम्भीर चिन्तित व्यक्त गरेको छ। एसडीएफले सिक्किममा कोही पनि कहीँ पनि कसैबाट पनि कुटिनु, काटिनु र मारिनु सक्छ भन्ने कुराको पुष्टि चन्द्रहाङ सुब्बामाथि भएको हमलाले गरेको आरोप लगाएको छ।

एसडीएफले प्रचार प्रसार उपाध्यक्ष अम्बर राईद्वारा आज जारी प्रेस विज्ञप्तिमा प्रश्न गरेकाे छ, 'सिक्किममा नागरिक सुरक्षाका लागि सरकारले अहिले के गर्दैछ? किन आम नागरिक सधैँ मुखुण्डे र नकापोशधारी हत्याराहरूका एम्बुसमा बारम्बार परिरहेका छन्? मान्छे मान्छेबाटै कुटिनु र मारिनु के अब सिक्किममा सामान्य घटना मात्र बनेको हो? आम नागरिकले आत्मरक्षाका लागि अब राज्यबाहिरबाट सुरक्षाकर्मी माग्नुपर्ने हो?' एसडीएफले कतै ती नकापोसधारी मुखुण्डेहरू सरकारमा संल्ग्न व्यक्तिका लठैतहरू त होइनन्? भनी आशंका पनि व्यक्त गरेको छ।

एसडीएफले भनेको छ, 'पीडित चन्द्रहाङले अविलम्ब न्याय पाउनुपर्छ भनी सरकारलाई माग राख्दछ। उनीमाथि भएको आक्रमणको मास्टर माइण्डलाई चाँडो पक्राउ गरिनुपर्छ र सार्वजनिक गरिनुपर्छ। यस प्रकरणमा संल्गन अपराधीहरूलाई कडाभन्दा कडा सजाय दिलाउनु पर्छ। भविष्यमा यस्ता घटना नदोहोरियोस्।'

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande