एसआईआर: मङ्गन जिल्लामा 28919 गणना फाराम वितरित
एसआईआर जारी


मङ्गन, 12 जून (हि.स.)। मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) अन्तर्गत गणना फाराम वितरणको 14औँ दिन मङ्गन जिल्लाभरि मतदाता र समाजका सबै वर्गबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको आईपीआरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आजको अपराह्न 4:30 बजीसम्म, कुल 665 मतदाताले गणना फाराम प्राप्त गरेका थिए। 13 दिनमा कुल 28919 गणना फाराम वितरण गरिएको छ, जसले जिल्लाको कुल मतदाताको 89.60% लाई समेट्छ।

जिल्ला चुनाउ अधिकारीले निर्वाचन संयन्त्रहरूलाई वितरण प्रक्रियालाई तीव्र बनाउन र गणना फाराम वितरण यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिए। अधिकतम मतदाता सुविधा प्रदान गर्न बीएलओले साँझको समयमा पनि घरदैलो भ्रमण र फारामहरू वितरण गर्न जारी राख्नेछन्।

जिल्ला प्रशासनले सबै योग्य मतदातालाई मतदाता नामावलीको सफल संशोधनका लागि गणना प्रक्रिया समयमै सम्पन्न गर्न र बीएलओलाई सहयोग गर्न अपील गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande