एफसीआई गोदामबाट 960 क्विन्टल गहुँलाई बङ्गलादेश पठाउने तयारी गरिएको थियो, खाद्यमन्त्रीले दिए जाँच गर्ने आदेश
एफसीआई गोदामबाट 960 क्विन्टल गहुँलाई बङ्गलादेश पठाउने तयारी गरिएको थियो, खाद्यमन्त्रीले दिए जाँच गर्ने आदेश


कोलकाता, 12 जून (हि.स.)। पश्चिम बङ्गालमा उत्तर 24 परगना जिल्लाको मध्यमग्रामस्थित एफसीआई गोदामबाट प्रचुर मात्रामा गहुँ कथित रूपमा तस्करी गर्ने प्रयास गरिएको मामिला उजागार भएको छ। यस सम्बन्धमा राज्यका खाद्यमन्त्री अशोक कीर्तनीयले शुक्रवार घटनास्थलमा पुगेर स्थितिको जायजा लिए, त्यसपछि मामिलाको विस्तृत जाँच गर्ने निर्देश दिए। आरोप छ, नौ वटा ट्रकमा लादिएको गहुँलाई अवैध रूपमा बङ्गलादेश पठाउने तयारी गरिएको थियो जसलाई खाद्य विभागले समयमै रोक लगायो।

प्राथमिक जानकारी अनुसार पछिल्लो महिनाको रेकर्डमा गोदाममा 5300 क्विन्टल गहुँ दर्ता गरिएको थियो जसमध्ये 5200 क्विन्टल निकासी हुनुथ्यो जसपश्चात 100 क्विन्टल गहुँ बचेको उल्लेख गरिएको थियो। यसै स्टकको जाँच गर्नको लागि खाद्य विबागले शुक्रवार जाँचको तिथि निर्धारण गरेको थियो। आरोप छ, जाँच हुन अगावै गए बिहीवार अबेर राती लगभग 960 क्विन्टल गहुँ गोदामदेखि बाहिर पठाइँदैथ्यो जसबाट स्टकमा सम्भावित गड़बड़ी तथा रेकर्डमा हेरफेर भएको आशङ्का उत्पन्न भएको छ।

खाद्यमन्त्रीले घटनास्थलमा अधिकाारीहरूसित जाँचबुझ गरी प्रश्न उठाए, यदि रेकर्ड अनुसार 100 क्विन्टल गहुँ बच्थ्यो भने अतिरिक्त गहुँ कहाँबाट आयो र त्यसलाई निर्धारित वितरणको सट्टा गोदाममा किन राखियो? उनले यो पनि जानकारी लिए, कथित रूपमा दुई वटा ट्रकलाई आईसीडीएसको नाममा गोदामबाट बाहिर पठाइसकिएको छ। मन्त्रीले सम्बन्धित अधिकारीहरूलाई ती वाहनहरूको बारेमा पत्तो लगाएर तिनीहरूलाई फिर्ता ल्याउने तथा सम्पूर्ण मामिलाको जाँच गर्ने निर्देश दिए।

निरीक्षणको क्रममा मन्त्रीले गोदाम परिसरमा घरेलु तथा वाणिज्यिक उपयोगका भानन्सा ग्यास सिलेण्डरको भण्डारणमाथि पनि आपत्ति व्यक्त गरे। अधिकारीहरू अनुसार यो गोदामले राशन सामग्रीसँगसँगै आईसीडीएस तथा विभिन्न योजनाहरूको लागि खाद्यान्न एवं अन्य आवश्यक वस्तुहरूको आपूर्ति गर्ने कार्य पनि गर्छ।

अशोक कीर्तनीयले स्पष्ट शब्दमा भने, कुनै पनि प्रकारको अवैध गतिविधिलाई सहन गरिनेछैन। उनले हाल गोदामलाई सील गर्ने, सम्पूर्ण मामिलाको विस्तृत जाँच गराउने अनि दोषीहरूविरूद्ध कानूनी कारबाही गर्ने निर्देश दिनको साथै कथित गहुँ तस्करीमा सामेल नौ वटा ट्रकहरूलाई जफत गर्ने आदेश समेत दिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande