कोलकाता सहित बङ्गालका सात वटा जिल्लाहरूमा हुन्डरीसितै पानी पर्ने चेताउनी
कोलकाता सहित बङ्गालका सात वटा जिल्लाहरूमा हुन्डरीसितै पानी पर्ने चेताउनी


कोलकाता, 12 जून (हि.स.)। पश्चिम बङ्गालमा मौसमको स्वरूप फेरिएको छ। अलिपुर मौसम विभागले शुक्रवार पनि दक्षिण बङ्गालका केही जिल्लाहरूमा हुरी सहित वर्षा हुने सम्भावना व्यक्त गरेको छ। कोलकाता समेत दक्षिण बङ्गालका केही जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा हुनसक्छ भने सात वटा जिल्लाहरूको लागि विशेष चेताउनी जारी गरिएको छ।

मौसम विभाग अनुसार शुक्रवार कोलकातामा बिजुली चम्किनको साथै हल्कादेखि मध्यम वर्षा हुनसक्छ। यस अवधि 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने सम्भावना छ। यस्तै मौसम हावड़ा, हुगली, उत्तर एवं दक्षिण 24 परगना, पूर्व बर्धमान, बीरभूम, मुर्शिदाबाद र नदिया जिल्लामा पनि देख्न सकिन्छ।

दक्षिण बङ्गालका केही जिल्लाहरू क्रमैले पश्चिम बर्धमान, बाँकुड़ा, पुरुलिया, झाड़ग्राम, पूर्व मेदिनीपुर र पश्चिम मेदिनीपुरमा 50-60 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने आशङ्का छ। मौसम विभागले यी जिल्लाहरूको लागि अरेञ्ज अलर्ट जारी गरेको छ।

उत्तर बङ्गालमा मनसुनले औपचारिक रूपमा प्रवेश गरिसकेको छ। दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, कुचबिहार र अलिपुरद्वारमा आगामी केही दिनसम्म घना वर्षा (7-देखि 11 सेन्टीमीटर) हुने सम्भावना छ। यहाँ पनि 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ।

मौसम विभागको भनाइ छ, दक्षिण-पश्चिम मनसुन बङ्गालको खाड़ीको ठूलो भागसम्म आइपुगिसकेको छ भने आगामी दुई-तीन दिनभित्रमा पश्चिम बङ्गाल, झारखण्ड, बिहार र ओडिशाका केही भागहरूमा मनसुन प्रवेश गर्नको लागि अनुकूल परिस्थिति उत्पन्न भएको छ। तथापि दक्षिण बङ्गालमा मनसुन औपचारिक रूपमा कहिल्ये आइपुग्ने हो, अहिलेसम्म स्पष्ट जानकारी दिइएको छैन।

मौसम वैज्ञानिकहरू अनुसार पञ्जाबदेखि गङ्गाका मैदानी क्षेत्रहरूसम्म निर्मित एक अक्षीय रेखा अनि उत्तर प्रदेशको माथि सक्रिय चक्रवातीय परिसञ्चरणको कारणले बङ्गालको खाड़ीबाट लगातार नमी आइरहेको छ जसबाट उत्तर अनि दक्षिण दुवै भागमा वर्षा तथा हुरी आउने स्थितिले जन्म लिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande