सिलगढ़ी महकुमा परिषदको कर्माध्यक्ष आइनुलले आत्महत्या गरे, जाँचमा जुट्यो पुलिस
सिलगढ़ी महकुमा परिषदको कर्माध्यक्ष आइनुलले आत्महत्या गरे, जाँचमा जुट्यो पुलिस


सिलगढ़ी, 13 जून (हि.स.)। सिलगढ़ी महकुमाको फाँसीदेवाबाट शनिवार एउटा सनसनीपूर्ण समाचार बाहिरिएको छ। तृणमूल कङ्ग्रेसका प्रभावशाली नेता तथा सिलगढ़ी महकुमा परिषदका कर्माध्यक्ष आइनुल हकले कथित रूपमा आफ्नै घरभित्र आत्महत्या गरे।

भनिन्छ, यो घटना शनिवार बिहान फाँसीदेवा क्षेत्रमा भएको हो जसले गर्दा सम्पूर्ण क्षेत्र शोकाकुल तथा स्तब्ध भएको छ।

आइनुल हक फाँसीदेवा क्षेत्रका एकजना चर्चित राजनीतिक अनुहार थिए। उनी पहिला पनि बांशगाउँ ग्राम पञ्चायतका प्रधान तथा फाँसीदेवा पञ्चायत समितिका कर्माध्यक्षको रपमा आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका थिए। वर्तमानमा उनी सिलगढ़ी महकुमा परिषदको महत्वपूर्ण पदमा कार्यरत थिए।

प्राथमिक जानकारी अनुसार हालैमा उनलाई स्ट्रोक भएको कारणले उनी अस्वस्थ थिए। पुलिसको अनुमानमा मानसिक तनाउको कारणले उनले यो कदम उठाएको हुनसक्छ। तथापि अन्य कुनै कारणलाई पनि अस्वीकार गरिएको छैन। मामिलाको जाँच भइरहेको छ।

घटनापछि पुलिसवे शवलाई कब्जामा लिई फाँसीदेवा अस्पतालमा पठाइदियो जहाँबाट पोस्टमर्टम गर्नको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाइयो।

यस घटनाको कारणले सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ। ठूलो सङ्ख्यामा तृणमूल कार्यकर्ता अनि स्थानीय मानिसहरूको उनीहरूको घर बाहिर भेला भइरहेका छन्।

स्मरण गराइन्छ, आइनुल हकको राजनीतिक यात्रा सीपीआई(एम) र कङ्ग्रेसबाट शुरू भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande