हल्दियामा राजनीतिक तनाउबीच भाजपा विधायकको वाहनबाट सवार भएर घर फर्किए टीएमसी सदस्य
हल्दियामा राजनीतिक तनाउबीच भाजपा विधायकको वाहनबाट सवार भएर घर फर्किए टीएमसी सदस्य


मेदिनीपुर, 13 जून (हि.स.)। पूर्व मेदिनीपुरको हल्दियामा शुक्रवार राजनीतिक तनाउबीच सौजन्यको एउटा भिन्नै तस्वीर देख्न पाइयो। तृणमूल कङ्ग्रेसका पञ्चायत समिति सदस्यहरूलाई विरोध प्रदर्शनको कारणले अबेर रातीसम्म कार्यालयमै बस्नुपऱ्यो जसपश्चात सुभाष चन्द्र पाञ्जाले आफ्नो वाहन पठाएर उनीहरूलाई घरमा पुऱ्याउने व्यवस्था गरे।

जानकारी अनुसार हल्दिया पञ्चायत समितिकी अध्यक्ष मौमिता घोड़ाई, उपाध्यक्ष श्रीकान्त माइती तथा अन्य सदस्यगण शुक्रवार कार्यालयमा गएका थिए। यसै अवधि केही असन्तुष्ट मानिसहरू कार्यालय बाहिर भेला भएर विरोध गर्नका लागि हात-हातमा अण्डा बोकेर उभिए। स्थितिलाई मध्यनजर पञ्चायत समितिका सदस्यहरूलाई अबेर रातीसम्मै कार्यालयभित्रै बस्नुपऱ्यो।

घटना बारे जानकारी पाउनसाथ महिषादलका भाजपा विधायक सुभाष चन्द्र पाञ्जा अगाड़ि आए अनि आफ्नो वाहन मार्फत सबै तृणमूल सदस्यहरूलाई सुरक्षित घरमा पुऱ्याइदिए। विधायकले भने, उनलाई खबर दिइएको थियो कि सदस्यहरू डरको कारणले बाहिर निक्लिन सकिरहेका छैनन्,त्यसैले उनले मद्दत गर्ने व्यवस्था गरे।

स्मरण गराइन्छ, हल्दिया पञ्चायत समितिका 12 वटा सीटमा वर्ष 2023-को चुनाउमा तृणमूल कङ्ग्रेसले 7 वटा सीट जितेर बोर्ड कब्जा गरेको थियो भने भाजपालाई मा6 5 वटा सीट प्राप्त भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande