सरकारी राहत सामग्रीको अवैध भण्डारणको आरोपमा तृणमूल नेता पक्राउ
सरकारी राहत सामग्रीको अवैध भण्डारणको आरोपमा तृणमूल नेता पक्राउ


हुगली, 13 जून (हि.स.)। सरकारी राहत सामग्रीलाई अवैध रूपमा जमा गरेर राखेको आरोपमा तृणमूल कङ्ग्रेसका नेता तथा हुगली जिल्ला परिषदका पूर्व सभाधिपति हाजी महबूब रहमानलाई पक्राउ गरिएको छ। उनको घर पुरशुड़ाको भाङ्गामोड़ ग्राम पञ्चायत अन्तर्गत बैकुण्ठपुर गाउँमा अवस्थित छ।

आरोप छ, ग्रामीणहरूबाट सूचना पाएपछि गए शुक्रवार राती स्थानीय भाजपा कार्यकर्ताहरूले उनको घर नजिकै अवस्थित एउटा गोदाममा खोजी अभियान सञ्चालन गरे। सूचना पाएर पुरशुड़ा थानाको पुलिस पनि घटनास्थलमा पुग्यो। त्यसपछि गोदाममा खानतलासी गर्दा कथित रूपमा सयकड़ौं सरकारी तिरपाल भेटियो।

यस घटनाको कारणले क्षेत्रको माहोल तनाउपूर्ण भएको छ। पुलिस सूत्रानुसार घटनापछि महबूब रहमानलाई हिरासतमा लिएर थानामा लगियो अनि पछि उनलाई पक्राउ गरियो।

पुलिसले यो जाँच गरिरहेको छ, सरकारी राहत सामग्री गोदाममा कसरी पुग्यो तथा यस मामिलामा अन्य को-को सामेल छन्। घटनालाई लिएर राजनीतिक जगतमा चर्चा चुलिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande