मदन मित्राविरूद्ध जाँचमा नयाँ खुलासा, घूस लिएर अवैध नियुक्ति गराएको आरोप
मदन मित्राविरूद्ध जाँचमा नयाँ खुलासा, घूस लिएर अवैध नियुक्ति गराएको आरोप


कोलकाता, 13 जून (हि.स.)। पश्चिम बङ्गालकोचर्चित नगरनिकाय भर्ती घोटालाकोजाँचमातृणमूल कङ्ग्रेस विधायक मदन मित्रकोनाममुख्य रूपमा मुछिएको छ। शनिवार उनीसित सम्बन्धित केही ठेगानाहरूमा प्रवर्तन निदेशालय (ईडी)-लेछापामारीगऱ्यो। जाँच एजेन्सीको सूत्रानुसार मदन मित्रमाथि कामरहाटी समेत केहीनगर निकायहरूमाकथितरूपमा अयोग्य उम्मेद्वारहरूलाई अवैध रूपमा नोकरी दिलाएको तथा सुनको रूपमा घूस लिएको आरोप लागेको छ।

जाँचसित सम्बन्धित सूत्रले दाबी गरे अनुसार नगरनिकायहरूमा भएका 125वटाभन्दा अधिककथित अवैध नियुक्तिहरूमा मदन मित्रको भूमिकाको जाँच गरिँदैछ। आरोप छ, नोकरी दिलाएको सट्टामा उम्मेद्वारहरूबाटधन, सुन तथा मूल्यवान वस्तुहरू असुल गरिन्थ्यो। तथापि जाँचकर्ताहरूको मान्यता छ, कथित रूपमाघूस सोझै मदन मित्रसम्म पुग्थ्यो जबकि बिचौलीहरूको माध्यमबाट उनी समक्ष पुऱ्याइन्थ्यों, त्यसैले कथित मध्यस्थताको भूमिका पनि जाँचको घेराभित्र परेको छ।

नगरनिकाय भर्ती अनियमितताकोमामिलात्यसबेला उदाङ्गिएको थियो जतिबेला विद्यालय भर्ती घोटालाको जाँच गर्ने क्रममा व्यापारीअयन शीलकाठेगानाहरूबाट ठूलो सङ्ख्यामा दस्तावेज, उत्तर पुस्तिका तथा ओएमएआर शीट भेटिएको थियो। जाँच एजेन्सीको आरोप छ, यी दस्तावेजहरूबाट पनि कथित रूपमा व्यापक रूपमा नोकरी बेचेको सङ्केत प्राप्त भएको थियो।

सूत्रअनुसारजाँचमा यो पनि देखिँदैछ, के योग्य उम्मेद्वारहरूलाई पाखा लगाएर धनको सट्टा नियुक्ति दिइएको थियो?वित्तीय लेन-देन, कथित बिचौलीहरूकोनेटवर्क तथाभर्ती प्रक्रियामाप्रभावशाली व्यक्तिहरूकोभूमिकाकोजाँच गरिँदैछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande