
जम्मू, 16 जून (हि.स.)। अमरनाथ यात्रा शुरू हुनअघि जम्मू-कश्मीर सरकारले प्रबन्धन र तालमेललाई श्रेष्ठ बनाउनको लागि विभिन्न विभागहरूबाट 63 जना अधिकारीहरूलाई तैनाथ गरेको छ। यी अधिकारीहरूलाई यात्रा मार्गमा पर्ने भिन्न-भिन्न बेस तथा ट्रान्जिट क्याम्पहरूको क्याम्प डाइरेक्टर तथा एडिनशनल क्याम्ड डाइरेक्टरको जिम्मेवारी सुम्पिइएको छ।
जम्मू-कश्मीर प्रशासनिक सेवा एवं अन्य विभागीय अधिकारीहरूलाई निर्देश दिइएको छ, उनीहरूले अमरनाथ श्राइन बोर्डका मुख्य कार्यकारी अधिकारी (सीईओ)-को कार्यालयमा तोकिएको समयमा रिपोर्ट गरुन्, किनभने क्याम्प पोस्टिङ्ग पनि श्राइन बोर्डले नै तय गर्नेछ। प्रतिनियुक्ति अवधिमा अधिकारीहरूले आफ्नो मूल विभागहरूबाटै वेतन लिरहनेछन् भने यात्रा समाप्त भएपछि उनीहरू आफ्नो मूल पोस्टिङ्ग भएको ठाउँमा फर्किनेछन्।
सरकारले सबै कन्ट्रोलिङ्ग अधिकारीहरूलाई निर्देश दिएको छ, उनीहरूले यात्राको सुचारू सञ्चालनलाई सुनिशम्चित गर्नको लागि प्रतिनियुक्तिमा पठाइएका अधिकारीहरूलाई समयमै रिलीभ गरून्। यो तैनाथी प्रशासनको ती तयारीहरूको अङ्ग हो जसको उद्देश्य वर्षेनी हुने तिर्थ यात्राको लागि श्रेष्ठ प्रबन्ध, तालमेल एवं जनसुविधा सुनिश्चित गर्नु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा