सत्य निकेतनको टेकअवे रेस्तराँमा आगलागी, फर्नीनचर र भाँड़ाहरू जलेर नष्ट
सत्य निकेतनको टेकअवे रेस्तराँमा आगलागी, फर्नीनचर र भाँड़ाहरू जलेर नष्ट


नयाँ दिल्ली, 17 जून (हि.स.)। दक्षिणी पश्चिम जिल्लाको सत्य निकेतन क्षेत्रमा अवस्थित टेकअवे रेस्तराँमा बुधवार बिहान आगो लाग्यो। घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। तर दमकल कर्मीहरूले तत्काल कारबाही गरेका कारण आगोलाई समयमै नियन्त्रण गर्न सकियो। यस घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको सूचना प्राप्त भएको छैन।

दिल्ली अग्निशमन सेवा अनुसार बुधवार बिहान 6:09 बजे चाणक्यपुरी फायर स्टेशनलाई सत्य निकेतनस्थित मदर डेयरीको छेउमा दक्षिण परिसर क्षेत्रमा अवस्थित एउटा रेस्तराँमा आगो लागेको सूचना प्राप्त भयो। सूचना पाउनसाथ दमकल विभागले चार वटा वाहन तथा एउटा (क्यूआरवी)-लाई घटनास्थल तर्फ प्रस्थान गरायो। शुरूआती जाँचमा आगोको गम्भीरतालाई मध्यनजर गर्दै घटनास्थलमा उपस्थित लीडिङ् फायरम्यान सोमरणले बिहान 6:25 बजे अतिरिक्त संसाधन तथा वरिष्ठ अधिकारीहरूको माग गरे। त्यसपछि थप एउटा वाहनलाई घटनास्थलमा पठाइयो।

दमकल अधिकारीहरूले कड़ा परिश्रम गर्दै बिहान 6:50 बजेसम्म आगोलाई पूर्ण रूपले नियन्त्रण गरे। अधिकारीहरू अनुसार आगो रेस्तराँको भूतलमा राखिएको फर्नीचर तथा भाँड़ाहरूसम्म सीमित रह्यो। समयमा आगोलाई नियन्त्रित गरिएको कारणले ठूलो दुर्घटना हुनदेखि बच्यो। प्रारम्भिक जानकारी अनुसार आगो लागेको रेस्तराँले टेकअवे सेवा प्रदान गर्छ। आगलागीको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। दमकल विभागको टीमले कारण पत्तो लगाउन जाँच गरिरहेको छ। घटना हुँदा रेस्तराँमा कर्मचारी तथा ग्राहकहरू नभएको कारणले मानवीय क्षति भएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande