
कोलकाता, 17 जून (हि.स.)। राज्यभरि नै आयोजित जनकल्याम शिविरहरूमा उर्लिएको जन समुद्रलाई मध्यनजर गर्दै पश्चिम बङ्गाल सरकारले शिविरको अवधि एक दिनको लागि बढ़ाउने फसेला लिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले बुधवार दक्षिण 24 परगनाको फलतामा आयोजित एक जनकल्याण शिविरको निरीक्षण भ्रमण गर्दै घोषणा गरे, अब यो अभियान बिहीवारसम्म जारी रहनेछ।
मुख्यमन्त्रीले भने, निर्धारित समयमा सबै क्षेत्रहरूमा पर्याप्त सङ्ख्यामा शिविर आयोजना गर्न नसकिएको कारणले शिविरहरूमा लाभार्खीहरूको औधी भीड़ देखिँदैछ। उनले भने, राज्यका मानिसहरूले सरकारमाथि भरोसा व्यक्त गरिरहेका छन् र ठूलो सङ्ख्यामा सरकारी योजनाहरूको लाभ लिनका लागि शिविरहरूमा पुगिरहेका छन्।
उनले बताए, जनकल्याण शिविरहरूको माध्यमबाट केन्द्र तथा राज्य सरकारका विभिन्न योजनाहरूको लाभ एउटै समयमा उपलब्ध गराइँदैछ। मुख्यमन्त्री अनुसार सरकारले यो सुनिश्चित गरिरहेको छ कि नागरिकहरूलाई सबै कल्याणकारी योजनाहरूको लाभ पूर्ण पारदर्शिता तथा भ्रष्टाचार रहित प्राप्त होस्।
शुभेन्दु अधिकारीले भने, राज्यवासीहरूलाई कुनै पनि प्रकारको अनियमितता बिनै लाभ प्राप्त होस् भन्न खातिर विशेष व्यवस्था गरिएको छ।उनले भने, शिविरहरूमा लगातार बढ़िरहेको भीडलाई ध्यानमा राखेर यसको अवधिलाई बढ़ाउने निर्णय लिइएको हो।
मुख्यमन्त्रीले बताए, 54 वटा योजनाहरूलाई जनकल्याण शिविरको माध्यमबाट मानिसहरूसम्म पुऱ्याइँदैछ। यसमा आयुष्मान भारत योजना सबैभन्दा महत्वपूर्ण छ। उनले भने, राज्यका 01 करोड़ 43 लाख परिवार तथा लगभग 6.5 करोड़ मानिसहरूलाई यस योजनाको लाभ प्राप्त हुनेछ।
उनले प्रधानमन्त्री सूर्य घर योजनाको पनि उल्लेख गरे। मुख्यमन्त्रीले भने, ग्रामीण क्षेत्रहरूको कम आय भएका परिवारले यस योजनाको लाभ उठाउन सक्नेछन्। योजना अन्तर्गत 100 यूनिट क्षमताको लागि 30 हजार रुपियाँ, 200 यूनिटको लागि 60 हजार रुपियाँ तथा 300 यूनिटको लागि 78 हजार रुपियाँसम्मको सब्सिडी प्रदान गरिनेछ। यस योजनाको लाभ पाउनको लागि जनकल्याण शिविरहरूमा पञ्जीकरण गराउन आवश्यक छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा