
गान्तोक, 17 जून (हि.स.)। सिक्किमका लोकसभा सांसद तथा संयुक्त संसदीय समिति (जेपीसी) का सदस्य इन्द्रहाङ सुब्बा आज नयाँ दिल्लीमा समितिको अध्ययन भ्रमण र परामर्शमा भाग लिए। यो अध्ययन भ्रमण संसदकी सदस्य तथा संयुक्त संसदीय समितिकी अध्यक्ष अपराजिता सारङ्गीको अध्यक्षतामा गरिएको थियो। यस अवधि दिल्ली सचिवालयमा प्रमुख हितधारकहरूसँग श्रृङ्खलाबद्ध अन्तरक्रिया गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
कार्यक्रममा समितिले दिल्ली सरकार, गृह मन्त्रालय, कानुन तथा न्याय मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी), गुरु गोविन्द सिंह इन्द्रप्रस्थ विश्वविद्यालय (जीजीएसआईपीयू) र नागरिक समाज सङ्गठन कमन कजका प्रतिनिधिहरूसँग छलफल गरेको थियो। समितिले दिल्लीका मुख्यमन्त्रीसँग पनि शासन, प्रशासन र प्रस्तावित विधायी संशोधनको प्रभावसँग सम्बन्धित मामिलाहरूमा छलफल गर्न भेट गरेको थियो।
अध्ययन भ्रमण विधेयकहरूको विस्तृत समीक्षा गर्न र संसदद्वारा विचारका लागि सिफारिसहरू तयार गर्न समितिको व्यापक प्रयासको एक हिस्सा रहेको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल