पूर्व तृणमूल पार्षद सुशान्त घोष पक्राउ, पूरीबाट एसटीएफले समात्यो
पूर्व तृणमूल पार्षद सुशान्त घोष पक्राउ, पूरीबाट एसटीएफले समात्यो


कोलकाता, 17 जून (हि.स.)। कोलकाता नगरनिगमका पूर्व पार्षद सुशान्त घोषलाई पुलिसले पक्राउ गरेको छ। पुलिस सूत्रानुसार कोलकाता पुलिसको विशेष कार्यबलले उनलाई ओडिशाको पुरीबाट पक्राउ गऱ्यो। सुशान्त घोष कोलकाता नगरनिगमको 108 नम्बर वार्डका पार्षद रहिसकेका छन् भने उनीविरूद्ध बलजफ्ती असुली सहित केही गम्भीर आरोपहरूमा प्राथमिकी दर्ता गरिएको थियो।

भनिन्छ, पुलिसले पछिल्लो लामो समयदेखिको उनलाई खोजिरहेको थियो। आरोप छ, हकरहरूबाट करोड़ौं रुपियाँ असुली गरेको मामिलामा सिकायत दर्ता भएपछि उनी भागेका थिए। पुलिस उनलाई पछ्याउँदै ओडिशा पुगेपछि बाटोमै आफ्नो वाहनलाई छोड़ेर उनी भागेका थिए। तथापि त्यसबेला उनका चालक सुजीत चौधरीलाई पुलिसले पक्राउ गरेको थियो।

पुलिस जाँचमा सुशान्त घोषको नाममा केही समपत्तिहरू रहेको पत्तो लागेको छ। जाँचकर्ताहरूलाई यो पनि सनन्देह लागेको छ, उनीसित बेनामी समपत्तिहरू पनि छन्। सूत्रानुसार प्रारम्भिक जाँचमा उनीसित जोड़िएका सम्पत्तिहरूको मूल्य कैयौं सय करोड़ रुपियाँ रहेको अनुमान लगाइएको छ। पुलिसले अब उनलाई हिरासतमा लिएर सम्पत्तिहरूको श्रोत र वित्तीय लेनदेनको सम्बन्धमा जाँचबुझ गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande