चुनाउपछिको हिंसा मामिलामा तृणमूल नेता शाहानुर मण्डल पक्राउ
चुनाउपछिको हिंसा मामिलामा तृणमूल नेता शाहानुर मण्डल पक्राउ


उत्तर 24 परगना, 17 जून (हि.स.)। जिल्लामा बुधवार ठूलो राजनीतिक कारबाही भएको देखियो। उत्तर 24 परगना जिल्ला परिषदका खाद्य कर्माध्यक्ष औ बसिरहाट दक्षिण विधानसभा क्षेत्रका तृणमूल कङ्ग्रेस नेता शाहानुर मण्डललाई पुलिसले पक्राउ गऱ्यो। पक्राउको खबर फैलिनसाथ राजनीतिक खैलाबैला तीव्र भयो। भाजपा कार्यकर्ताहरूले यस पक्राउलाई स्वागत गर्दै मिठाई समेत वितरण गरे।

राज्य पुलिसको 'स्पेशल अपरेशन्स ग्रुप' (एसओजी)-ले उनलाई शङ्खचुड़ा बजार क्षेत्रबाट पक्राउ गऱ्यो। अब उनलाई महकुमा अदालतमा पेश गरिनेछ। शाहानुर मण्डलमाथि वर्ष 2021-को विधानसभा चुनाउपछि भएको हिंसा,अवैध जमीन कब्जा गरेको तथा यस वर्ष 2026-को चुनाउपूर्व विरोधीहरूलाई धम्क्याएको अनि प्रचारमा बाधा दिएको जस्ता आरोपहरू लगाइएको छ। यी आरोपहरूको आधारमा कारबाही गरिएको हो।

यसै दिन उत्तर बङ्गाल विकास विभागका पूर्व मन्त्री उदयन गुहालाई पनि पक्राउ गरिएको छ। उनीमाथि पनि चुनाउपछि भएका हिंसासित सम्बन्धित ममिलामा आरोप लगाइएको छ। तथापि उनले दाबी गरेका छन्, जुन मामिलामा उनलाई पक्राउ गरिएको छ, त्यसमा उनलाई पहिलाबाटै अग्रिम जमानत प्राप्त भएको थियो। पुलिसलाई उनलाई गलत ढङ्गमा पक्राउ ग रेको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande