
पश्चिम मेदिनीपुर, 17 जून (हि.स.)। खड़गपुरबाट पूर्व तृणमूल विधायक प्रदीप सरकारले बुधवार आफ्नो पदबाट राजीनामा दिए। उनको राजीनामा दिने फसेलाले जिल्लाका राजनीतिक गल्लीहरूमा चर्चाहरूलाई जन्म दिएको छ।
सूत्र अनुसार प्रदीप सरकारले बुधवार पार्टीकी प्रदेश अध्यक्ष चन्द्रिमा भट्टाचार्यलाई पत्र पठाएर सङ्गनबाट मुक्त गर्ने अनुरोध गरे। भनिन्छ, उनले आफ्नो राजीनामा पत्रमा निजी कारणहरू उल्लेख गरेका छन्।
उल्लेखनीय छ, वर्ष 2026- को विधानसभा चुनाउमा खड़गपुर सदर सीटबाट तृणमूल कङ्ग्रेसले प्रदीप सरकारलाई उम्मेद्वार बनाएको थियो, तर उनलाई दिलीप घोषबाट परास्त हुनुपऱ्यो। यसअघि उनले खड़गपुर नगरपालिकाका चेयरम्यान पदको दायित्व निर्वाह गरिसकेका छन् भने उनलाई जिल्लाको राजनीतिमा एक मुख्य अनुहार मानिँदै आएको छ।
जिल्ला स्तरमा पार्टीको महासचिव पदपछि अब उनले सोझै पार्टी छोड़्ने निर्णय लिएको कारणले केही राजनीतिक अड़कलहरू लगाइँदैछ। राजनीतिक विश्लेषकहरूको मान्यता छ, उनको यस कदमबाट खड़गपुरको राजनीतिक समीकरणमा प्रभाव पर्नसक्छ। तथापि राजीनामापछि उनी कुन राजनीतिक दलमा सामेल हुने हुन्, कुनै स्पष्ट सङ्केत उनले दिएका छैनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा